नेपाल एयरलाइन्सको आम्दानीमा दोब्बर बढिको बृद्धि

काठमाडौं । नेपाल वायुसेवा निगमले गएको एक वर्षमा सवा २२ अर्ब रुपैयाँ आम्दानी गरेको छ ।

मंगलबार एक विवरण सार्वजनिक गर्दै नेपाल एयरलाइन्सले आर्थिक वर्ष २०७९–८० मा २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रुपैयाँ आम्दानी भएको जनाएको हो ।

अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा ९ अर्ब १० करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको निगमनले आव २०७८–७९ मा १६ अर्ब ४६ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानमा चार जहाज छन् । आन्तरिकमा २ वटा जहाज मात्र उड्नयोग्य अवस्थामा छन् । तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङसमेत निगमको अर्को मुख्य आम्दानीको स्रोत हो ।

नेपाल वायुसेवा निगमको आम्दानी पछिल्लो तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । तीन वर्षमा आम्दानी १४४ प्रतिशतले बढेको निगमका प्रवक्ता रमेश पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

मङ्गलबार, ०३ पुष, २०८०, साँझको ०६:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर