काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विश्वविद्यालयमा राजनीतिक भागबन्डाको अन्त्य गर्ने घोषणा गरेका छन्।

त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री प्रचण्डले ४९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै राजनीतिक भागबन्डाको अन्त्य गर्ने बताएका हुन । उनले मेरिटको आधार उपकुलपतिलगायतका पदाधिकारी नियुक्ति गर्ने समेत घोषणा गरेका छन् ।

‘आज म यस अवसरमा त्रिभुवन विश्वविद्यालयबाट नै राजनीतिक भागबन्डाको अन्त्य गर्ने, मेरिटको आधार उपकुलपतिलगायतका पदाधिकारी नियुक्ति गर्ने प्रतिबद्धता तपाईंहरूको अगाडि व्यक्त गर्दछु,’ उनले भने, ‘यसका निम्ति खुला प्राज्ञिक प्रतिस्पर्धामा आउन देशभित्र र विश्वभर रहेका विज्ञ नेपालीलाई विशेष आह्वान पनि गर्दछु। राजनीतिक दलहरूलाई त्रिभुवन विश्वविद्यालयमा भागबन्डा होइन, मेरिटको आधारमा नियुक्ति गर्नका लागि अग्रसर हुन अपिल गर्दछु।’

सोमबार त्रिपुरेश्वरमा भएको ४९औँ दीक्षान्त समारोहमा १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन्।