शेयर बजारमा ३८ अंकको बृद्धि, कारोबार रकम ११ महिनायताकै उच्च

विराटनगर । साताको दोस्रो कारोबार दिन पनि नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्लो साताको पहिलो कारोबार दिनदेखि उकालो लाग्न थालेको नेप्सेले यो साता पनि सोही क्रमलाई निरन्तरता दिएको छ ।

सोमबार नेप्से परिसूचक ३८.१४ अंक घटेर २०६०.४९ विन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ९.५६ अंक बढेको छ भने फ्लोट इण्डेक्स २।६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०९ अंक बढेको छ ।

यस दिन लघुवित्त कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ । अधिकांश लघुवित्त कम्पनीहरुको शेयरमूल्य यस दिन उच्च दरमा बढेको छ । ३ उपसमूहमध्ये सबैभन्दा बढी बढ्ने उपसमूह पनि लघुवित्त नै रहेको छ ।

यस दिन ९ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये ५ लघुवित्त कम्पनी रहेका छन् । बोटलर्स नेपाल, सूर्या ज्योति लाइफ इन्स्योरेन्स, स्वरोजगार लघुवित्त, जीवन विकास लघुवित्त, विपिडब्लु लघुवित्त, हाथवे इन्भेष्टमेन्ट, मुक्तिनाथ कृषि कम्पनी, नेरुडे लघुवित्त र धौलागिरी लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसदिन जाल्पा लघुवित्त, मेरो माइक्रोफाइनान्स, किसान लघुवित्त र गुडविल फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ ।

यस दिन कारोबार रकम पनि उल्लेख्य बढेको छ । ३०५ स्टकको १ लाख १३ हजार ६९३ पटकको कारोबारमा ६ अर्ब ८६ करोड ८१ लाख रुपैयाँ बराबरको २ करोड १४ लाख ९७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । यो कारोबार रकम पछिल्लो ११ महिना यताकै उच्च हो । यसअघि २०७९ पुस २६ गते ७ अर्बभन्दा बढीको कारोबार भएको थियो ।

कारोबार रकमका आधारमा यस दिन हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन २६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको २० करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

जलविद्युत उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको बजारमा सबैभन्दा धेरै लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ५.५३ प्रतिशत बढेको छ । त्यसैगरी, यस दिन होटल तथा पर्यटन र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग र वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

मर्जर तथा एफपीओलगायतको बार्गेन पर्चेज गेनबापत अरबौं रुपैयाँ कर राज्यलाई बुझाउनुपर्दा यसले बजारमा नकारात्मक असर गर्छ कि भन्ने अनुमान विपरित बजार बढ्ने क्रममाा रहेको छ । सूचकसगै कारोबार रकम बढेकोले अब बजारले उचाई लिने अनुमान विज्ञहरुले गरेका छन् ।

बैंकिङ प्रणालीमा पर्याप्त नगद थुप्रिएको छ बेला ब्याजदर घट्दै गएको छ । त्यसको प्रभाव बजारमा परेको हो ।

सोमबार, ०२ पुष, २०८०, दिउँसोको ०४:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर