काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन दर्ता भएका १२ वटा राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ। आइतबार बसेको आयोगको बैठकले १२ वटा दललाई चुनाव चिन्ह प्रदान गरेको हो ।
आगामी माघ ११ गते हुने निर्वाचनका लागि चुनाव चिन्ह प्रदान गरिएको अयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
चुनाव चिन्ह प्राप्त गर्नेमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी रहेका छन्।


