विराटनगर । कोशी प्रदेशको सुनसरी र झापाबाट ९ जना बन्दकर्ताहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।
धरानमा बन्द गराउँदै हिड्ने राष्ट्रीय जनमुक्ती पार्टी (सुनसरी सचिव) संघर्ष समिति सचिवालय सदस्य सिवहाङ राई, जसपा धरान १५ का अध्यक्ष हरि राई, जसपा युवा संघ सुनसरी अध्यक्ष करूण राई, जसपा धरान सह–सचिव सुमन चेम्जोङ लिम्बू र किरात राई यायोख्खा सुनसरी सह–सचिव शम्भु राई धरानबाट पक्राउ परेका हुन् ।
यसैगरी झापाको कमल गाउँपालिका–३ केर्खामा यातायात बन्द गर्न खोज्ने संघीय लोकतान्त्रीक मञ्च नेपालमा आबद्ध ईलाम चुलाचुलीका ध्रुव लावती, सिवसताक्षी नगरपालिका–७ का लिम्बुवान कार्यकर्ता उदयशिगु लिम्बू, नेपाल तामाङ घेदुङ संघ प्रदेश सदस्य जस कुमार तामाङ र संघीय लिम्बुवान चुलाचुली अध्यक्ष नरेन्द्र लिम्बु झापाबाट पक्राउ परेका हुन् ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।