काठमाडौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छोड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले ३० लाख धरौटीमा रिहा गर्न आदेश गरेका हुन ।
मङ्सिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीशबिच राय बाझिएको थियो । १५ गते भएको आदेशमा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबिच राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ भएको हो ।