लोड हुँदैछ...

मेनु

कोशीमा २८ प्रजातिका काठ बिक्री खुल्ला गछौं : मन्त्री उप्रेती

कोशीमा २८ प्रजातिका काठ बिक्री खुल्ला गछौं : मन्त्री उप्रेती

विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले वन ऐन कार्यविधि बनाई २८ प्रजातिका काठ बिक्रीका लागि खुल्ला गर्ने बताएका छन् ।

नेपाल वन पैदावार उद्योग व्यवसायी संघ मोरङको विराटनगरमा मंगलबार भएको १६ औं अधिवेशन तथा वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री उप्रेतीले आज यस्तो बताएका हुन् ।

उनले व्यवसायीहरुलाई परेको समस्या समाधान गर्न मन्त्रालय सहयोगीको भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे । चाँडै मन्त्रिपरिषदबाट निर्णय गराई व्यवसायीक उद्देश्यले वन जङ्गलभित्र सडेगलेको, ढलेको काठ निकाल्ने व्यवस्था गर्ने उनको भनाइ छ ।

मन्त्रालयका सचिव विशाल घिमिरेले समृद्धिको आधार बन क्षेत्र भएकोले वन पैदावरको उपादकत्वकमा विविधकरणगर्न व्यवसायीहरुलाई सरकारले सहयोग गर्ने बताए । संघका अध्यक्ष बिजयकुमार कार्की, उपाध्यक्ष डिल्लीराम तिम्सिना, पूर्वअध्यक्ष दिनेश सुवेदी, केन्द्रीय सदस्य नारायणकुमार श्रेष्ठ, डिभिजन बन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेलगायतले सरकारी कार्यालयमा कडा प्रजातिका काठको प्रयोग अनिवार्य गर्न र निजी क्षेत्रले वन संरक्षणमा उत्तरदायी भूमिका निभाउनु पर्ने सुझाव दिए ।

कार्यक्रममा मन्त्री उप्रेतीले संघका पूर्व सदस्य खगेन्द्रप्रसाद गौतमलाई सम्मान गरेका थिए । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds