अफगानिस्तानले दियो नेपाललाई २६२ रनको लक्ष्य

काठमाडौं । अफगानिस्तानले एसीसी यू–१९ एसिया कपमा नेपालसामु २६२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आइतबार दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा टस हारेर ब्याटिङमा उत्रिएको अफगानिस्तनले निर्धारित ४९.३ ओभरमा सबै विकेट गुमाएर २६१ रन बनाएको थियो ।

अफगानिस्तानका जम्सिद जद्रानले १०६ रन बनाए । उनले १५२ बलमा आठ चौका प्रहार गरे । नुमन साहले ४१ बलमा पाँच चौका र तीन छक्कासहित ६० रन थपे । रहिमुल्लाह जुर्मतीले ३५, वफिउल्लाह तराखिलले १५, सालेल अहमेदले १३ र खालिद तानिवालले १० रन जोडे ।

नेपालका गुल्सन झा, हेमन्त धामी र सुवास भन्डारीले समान दुई विकेट लिए । दीपेश कँडेल र आकाश चन्दले समान एक विकेट लिए ।

प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावनालाई कायम राख्न आज नेपाललाई जित्नैपर्ने दबाब छ । दुवै टिम पहिलो जितको खोजीमा छन् । यसअघि, पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो । अफगानिस्तान पनि पहिलो खेलमा भारतसँग सात विकेटले नै पराजित भएको थियो ।

आइतबार, २४ मंसिर, २०८०, दिउँसोको ०३:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर