‘आगोले सिकाएको अमूल्य पाठ’

 पुण्य पी अधिकारी

विराटगरको मुख्य बजार क्षेत्रमा भएको आगलागीले दुई जनाको ज्यान लिएको छ । आगलागीमा परी घाइते भएकाहरुलाई विराटनगर र विराटनगरबाहिर लगेर उपचार थालिएको छ ।

सातघुम्ती ठाँउ नाम अनुसार अफ्ठेरो र कोल्टे पनि छ । जसका कारण आगलागी नियन्त्रणका लागि दमकललाई समेत समस्या भयो । विराटनगरमा आगलागीका घटना समय समयमा भएका छन् । ती घटनाले सिकाएको पाठलाई बेवास्ता गरेका कारण हिजोको आगलागीमा मानवीयसहित धनमालको क्षति भएको छ ।

कवाडीखानाबाट सुरु भएको आगोले मानवीय क्षति गराउँदा अब महानगरभित्रका भौतिक संरचना, तिनको अवस्था र आगलागीजन्य घटनामा कसरी न्यूनभन्दा न्यून क्षति हुने अवस्था सिर्जना गर्न सकिन्छ भन्ने चेत दिएको छ ।

जाडो वा सुख्खा मौसम सुरु भएसँगै आगलागीका घटनामा हामी सबैले सचेतना अपनाउन आवश्यक छ । विराटनगरसहितका दमकलले आगो नियन्त्रणमा लिएका कारण आगोका कारण थप क्षति व्योहोर्नु परेन । यो राम्रो कुरा हो ।

तर, सबैभन्दा नराम्रो कुरा चाँहि आगलागी नियन्त्रणका लागि पुगेको दमकल क्षमता भन्दा आधा पानी लिएर आगो नियन्त्रणका लागि पुग्नु हो । दमकलको मुख्य प्रयोग आगलागी नियन्त्रणका लागि हुन्छ । यो अत्यावश्यक हो । दमकल सञ्चालनको जिम्मेवारी र सम्वेदनशीलता त्यति नै महत्वपूर्ण छ । तर आगो नियन्त्रणका लागि पुगेको दमकल पूर्ण क्षमता नभई आधा ट्याङ्की पानी लिएर पुग्छ भने त्यसले आश्र्चय भन्दा बढ्ता प्रश्न चिन्हृ खडा गर्दछ ।

दमकलको सञ्चालन स्थानीय तहहरुले गरिरहेका छन् । दमकल सेवा सञ्चालनका लागि स्थानीय तहले सोही प्रशासनिक र तलब भत्तामा खर्च गरेका छन् । दमकल सञ्चालनको खर्च मुख्य स्रोत जनताको कर नै हो । तर, आगलागी हुँदा आधा ट्याङ्की पानी लिएर दमकलहरु आगो नियन्त्रणका लागि पुग्छन भने, त्यसले जिम्मेवारी र जवाफदेहितालाई अवस्थालाई देखाउँछ ।

दमकल सञ्चालन आँफैमा निकै जिम्मेवारी सेवा हो । अझ दमकल सञ्चालनका लागि व्यवस्था गरिएका जनशक्ति सबै भन्दा जिम्मेवार हुन आवश्यक छ । अन्यथा विपद्मा सबैभन्दा बढी क्षति व्योहोर्नुपर्ने अवस्था हुन्छ ।

हिजोको आगो नियन्त्रणका लागि विराटनगरसहित अन्य स्थानीय तहका दमकलहरु आगलागी नियन्त्रणका लागि आएका कारण केही सहज भयो । नत्रभए दमकलमा गरिएको लापरवाहीका कारण विराटनगरमा ठूलो हुने थियो ।

आगलागीका घटनाले सिकाएको पाठलाई तत्कालै भुल्ने प्रणाालीले विराटनगरमा वर्षेनी धनमाल जलेर खरानी भएको छ । तिहारको मुखमा उर्लावारीमा भएको आगलागीको घटनाले उर्लावारीवासीको आँखा अझै ओभाउन पाएका छैनन् । त्यसैले आगोले सिकाएको अमूल्य पाठलाई हामी सबैले मिहिन ढङ्गले बुझ्न आवश्यक छ ।

बिहिबार, २१ मंसिर, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर