सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको भाउ १ लाख २० हजार नाघ्यो

विराटनगर । नेपालमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ आइतबार प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि बिहीबार प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँको उच्च रेकर्ड बनेको थियो ।

शुक्रबार ३ सय रुपैयाँ घटेर १ लाख १९ हजार रुपैयाँमा झरेको सुन आइतबार भने एकै दिन १८ सय रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको महासंघको भनाइ छ ।

यो मूल्य काठमाडौंको लागि हो । काठमाडौंबाहिर अझै मूल्य थपिनेछ ।

चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ । आइतबार प्रतितोला १५४५ रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो मूल्य ५ रुपैयाँ बढी हो ।

आइतबार, १७ मंसिर, २०८०, दिउँसोको १२:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर