अप्पर अरुण प्रभावित क्षेत्रमा २ अर्ब २३ करोड बढी मुआब्जा वितरण

संखुवासभा । संखुवासभाको भोट खोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको अप्पर अरुण आयोजना प्रभावित क्षेत्रमा २ अर्ब रुपैयाँ भन्दा बढी मुआब्जा रकम वितरण गरिएको छ ।

आयोजनाका लागि भोट खोलामा दुई हजार ५ सय रोपनी जग्गा अधिग्रहण गरिएको छ । अप्पर अरुण आयोजनाका प्रभावित क्षेत्रका लागि २ अर्ब २३ करोड १९ लाख रुपैयाँ मुआब्जा रकम वितरण भइसकेको आयोजनाका वरिष्ठ सहायक गृष्म भण्डारीले बताए ।

आयोजना प्रभावित क्षेत्रका तीन सय १९ घरधुरी मध्ये दुई सय ९८ घरधुरीलाई मुआब्जा रकम वितरण गरिसकेको आयोजनाका वरिष्ठ सहायक भण्डारीले बताए । आयोजनाका लागि भोट खोलामा दुई हजार ५ सय रोपनी जग्गा अधिग्रहण गरिएको छ । अप्पर अरुण आयोजनाले प्रभावित क्षेत्रमा हालसम्म ९५ प्रतिशत रकम वितरण गरिसेको वरिष्ठ सहायक भण्डारीको भनाइ छ । एक हजार ६३ मेगावाटको अप्पर अरुण आयोजना बाट ७ सय ८८ कित्ताका तीन सय १९ घरधुरी प्रभावित हुनेछन् । मुआब्जा वितरण र पहुँच सडक ठेक्का सम्झौता सकिए सँग आयोजनाले पहिलो चरणका काम पुरा गरिसकेको जनाएको छ ।

आयोजनाले भोट खोला गाउँपालिका–२, ४ र ५ साबिक चेपुवा, हटिया र पावाखोलाका आयोजना प्रभावित स्थानीयले मुआब्जा पाउने छन् । एक हजार ६३ मेगावाट जलविद्युत् उत्पादन क्षमताको अप्पर अरुण आयोजना नेपाल सरकारले नै बनाउने गरी निर्माण कार्य अघि बढाएको थियो । उत्तर दक्षिण कोसी राजमार्गले छोएको तथा बस्ती रहेको हटिया–६ को जमिन प्रतिरोपनी १५ लाख मुआब्जा निर्धारण गरिएको छ । कोसी राजमार्गले छोएको तर बस्ती नभएका हटिया–६ को जग्गा प्रतिरोपनी १० लाख निर्धारण गरिएको छ । जलविद्युत् आयोजनाको अनुमानित लागत रु दुई खर्व २६ करोड रुपैयाँ बढी छ । सन् २०२४ को मध्यदेखि जलविद्युत् आयोजनाको निर्माण सुरु हुनेछ । हाइड्रोपावर निर्माण सुरु भएको छ वर्षभित्रमा सम्पन्न गर्ने योजना छ । आयोजनाको ३० प्रतिशत पुँजी र ७० प्रतिशत स्वदेशी तथा विदेशी बैंक तथा वित्तीय संस्थासँग कर्जा जुटाइनेछ ।

पहुँच मार्ग निर्माण सुरु

अप्पर अरुण आयोजनाका लागि पहुँच मार्ग निर्माण थालेको छ । प्राधिकरणले २।०३ किलोमिटर सुरुङ मार्ग सहित करिब २२ किलोमिटर पहुँच सडक निर्माण भारतीयको गायत्री जेभि र झापाको कन्काइ सुरुङगा जेभि कम्पनी सँग ठेक्का सम्झौता गरेर काम अघि बढाएको छ । पहुँच मार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुल समेत निर्माण गरिने छ ।

पहुँच मार्ग भोट खोला गाउँपालिका–४ छोराङ देखि भोट खोला –२ रुकुमा फेदी सम्मको पहुँच मार्ग निर्माण गर्नेछ । सुरुङसहितको सडक निर्माण गरिने भएकाले स्थानीयको आर्थिक, सामाजिक अवस्था समेत बदल्न यो सडक मार्गले महत्त्वपूर्ण भूमिका खेल्ने प्राधिकरणले जनाएको छ ।

बिहिबार, १४ मंसिर, २०८०, साँझको ०७:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर