मोरङ व्यापार संघले ट्रेड एक्स्पो गर्ने

विराटनगर । मोरङ व्यापार संघले आगामी महिना ट्रेड एक्स्पो आयोजना गर्ने भएको छ । पुस ६ गतेदेखि १६ सम्म विराटनगर– २ शंकरपुरमा ‘मोरङ व्यापार संघ ट्रेड एक्पो २०२३’ आयोजना गर्न लागेको हो । एक्स्पोमा अन्तर्राष्ट्रिस्तरको कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजना गर्ने आयोजकले जनाएको छ ।

एक्स्पोका सम्बन्धमा जनानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा एक्स्पोमा २५० स्टल राखिने जानकारी दिइएको थियो । एक्स्पोमा घरेलु साना तथा ठूला उद्योगका सामग्रीसँगै भारत, बंगलादेश र पाकिस्तानबाट पनि स्टल राखिने एक्स्पो संयोजक अनिल साहले जानकारी दिए । एक्स्पो चार लाख दर्शकले अवलोकन गर्ने व्यापार संघका अध्यक्ष नवीन रिजालले दावी गरे ।

संघले विगतमा पनि यस प्रकारको एक्स्पो आयोजना गर्दै आएको थियो । त्यसकै निरन्तरतामा मोरङ व्यापार संघले यस पटक एक्स्पो आयोजना गर्न लागेको हो । गतवर्ष उद्योग संगठनले एक्स्पो आयोजना गरेको थियो । दुई संगठनबीच पालैपालो एक्स्पो आयोजना गर्ने सहमति अनुसार यस पटक संघले आयोजना गर्न लागेको हो । एक्स्पोमा १५ करोड रुपैयाँ बराबरको कारोवार हुने अनुमान गरेको रे एक्स्पो सञ्चालन गर्न ३ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको संघका अध्यक्ष नविन रिजालले जानकारी दिए ।

मङ्गलबार, १२ मंसिर, २०८०, बिहानको ०८:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर