पूर्वमन्त्रीका स्वकीय सचिव बानियाँमाथि खुकुरी प्रहार

ताप्लेजुङ । नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियुका ताप्लेजुङ सह–संयोजक विवेक बानियाँमाथि खुकुरी प्रहार भएको छ ।

कोशी प्रदेशसभा सांसद एवं प्रदेशका पूर्वमन्त्री तिलकुमार मेन्याङ्बोका स्वकीय सचिव रहेका उनीमाथि आक्रण भएको हो ।

ताप्लेजुङको सदरमुकाममा रहेको बानियाँको आफ्नै निवास अगाडि उनीमाथि खुकुरी प्रहार भएको बताइएको छ । खुकुरी प्रहारबाट उनको खुट्टामा गम्भीर चोट लागेको र अहिले ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार प्रहरीले जनाएको छ ।

लेनदेनको विषयमा फुङलिङ नगरपालिका–४ का प्रेमराज लिम्बूले बानियाँमाथि खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ । लिम्बु फरार भएकोले खोजी भइरहेको ताप्लेजुङ प्रहरीले जानकारी दिएको छ ।

 

सोमबार, ११ मंसिर, २०८०, दिउँसोको ०२:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर