विराटनगर । मोरङको बेलबारी नगरपालिका वडा नं ५ को कसेनी बजारमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । कसेनि बजारमा रहेको विधानन्द भगतको घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।
भगतको किराना तथा भाडा पसल र अन्य एक जनाको सनपाट पसल जलेको हो । स्थानीयका अनुसार बिहान करिब १० बजे आगो लागेको हो । आगलागी बाट १५ लाखको क्षति भएको प्रारम्भिक अनुमान रहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख तेज बहादुर दाहालले बताए ।
आगो बेलबारी, सुन्दरहरैँचा, विराटनगर, पथरीशनिश्चरे, कानेपोखरीका दमकल नियन्त्रणमा लिएका थिए । आगलागी कारण नखुले पनि विधुत सट भएर आगो लागेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।