राजसति सहकारीको आम्दानी २ करोड १२ लाख

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – १ टंकी सिनवारी स्थित राजसति महिला बहु उद्देश्य सहकारी संस्थाको बचत ९निक्षेप० ११ करोड ६२ लाख ३३ हजार ४८ रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७९र०८० को असार मसान्तसम्म सो बराबरको निक्षेप पुगेको बुधवार भएको २३ औँ वार्षिक साधरण सभामा जानकारी गराएको हो ।

सहकारीकी अध्यक्ष तारादेवी राईले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन अनुसार ९ प्रकारको बचत गर्ने सेयर सदस्य रहेको जानकारी दिइन् । २०५७ सालमा ४४ जना महिलाले चलाएको सहकारी अहिले २ हजार २ सय सेयर सदस्य आबद्ध रहेको छ । सहकारीको सेयर पुजी १  करोड ५४ लाख ६४ हजार ७ सय, कोष हिसाब १ करोड ९२ लाख ४ हजार ९७, कर्जा लगानी १३ करोड ३७ लाख ४९ हजार ९९० रहेको अध्यक्ष राईले जानकारी दिइन् । ऋण असुली ५ करोड १० लाख ६२ हजार १ सय १ रुपैयाँ रहेको सहकारीको वार्षिक प्रतिवेदनमा उल्लेख । सहकारीले आर्थिक वर्षमा २ करोड १२ लाख ९६ हजार ३१२ रुपैयाँ आम्दानी गरेको छ ।

खर्च १ करोड ६७ लाख ५६ हजार २ सय ६६ रुपैयाँ गरेको प्रतिवेदनमा उल्लेख । सहकारीले ८ जना सदस्यलाई निष्क्रिय रहेको जनाएको छ । कर्जा लिएर लगातार ३ महिनासम्म कर्जाको किस्ता र ब्याज नतिर्ने ऋणी सदस्यलाई निष्क्रिय सदस्यको सूचीमा राखेको सहकारीले जनाएको छ । कार्यक्रममा सहकारी अध्यक्ष राईले महिलाहरूको आर्थिक, सामाजिक , संस्कृति र राजनैतिक उत्थानका लागि सहकारीको भूमिका महत्त्वपूर्ण रहेको बताइन् । महिलालाई आत्मनिर्भर र सक्षम बनाउन सहकारीको ठुलो सहयोग गरेको उनले बताइन् । आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणमा लागि ठुलो सङ्घर्ष गर्दै यहाँसम्म आइपुगेको उनको भनाई छ ।

सोही अवसरमा सहकारीले सेयर सदस्यहरूलाई पनि सम्मान गरेको छ । ७५ वर्ष पुरा भएका २१ जना पुरुष ज्येष्ठ सदस्यहरू र ६५ वर्ष पुरा भएका १९ जना ज्येष्ठ महिला सदस्यहरूलाई सम्मान गरेको छ ।

यसैगरी ७ जना एकल महिला, २६ जना जेहेन्दार  विद्यार्थीहरूलाई सम्मान गरिएको छ । सम्मानित भएका ज्येष्ठ नागरिक र विद्यार्थीहरूलाई कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले सम्मान गरेका थिए । कार्यक्रममा प्रदेश प्रमुख खापुङ्गले छरिएर रहेको पुजिलाई एकीकृत गर्न सहकारीको भूमिका महत्त्वपूर्ण रहेको बताए । कार्यक्रममा राष्ट्रिय सहकारी संघका अध्यक्ष रमेश पोखरेल, सहकारी संघ कोशी प्रदेशका अध्यक्ष डिल्ली पोखरेललगायतले बोलेका थिए ।

बुधबार, ०६ मंसिर, २०८०, दिउँसोको ०४:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर