विराटनगरका नदी तथा नहरमा देखियो छठको रौनक (फोटो)

विराटनगर । विराटनगरको सिंघीया, केशलिया खोलाका घाटसहित नहर, तलाउ र अन्य खोलाका किनारहरु छठ पूजाको लागि सिंगारिएका छन् ।

सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदैछ । आज साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ भने सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।

आइतबार, ०३ मंसिर, २०८०, साँझको ०५:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर