पूर्वेली लोकभाकामा ‘भूईँ सोरी’ सार्वजनिक

काठमाडौं । गीतकार तथा समाजसेवी पद्मा लिंखा मगरको शब्द सिर्जनामा रहेको मौलिक पुर्वेलि लोकभाकामा आधारित ‘भूईँ सोरी’ गीतको भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा अनु चौधरी र न्युसन राईले स्वर दिएका छन् । शान्तिराम राई को संगीत तथा देवेश राईको संगीत संयोजन गीतमा रहेको छ । प्रेमील मायालु जोडिवीचको प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । याक्खा जातिहरुको पहिचान र कला र संस्कृतिलाई गीतमा उत्कृष्ट ढंगबाट देखाईएको छ ।

सुजन श्रेष्ठको छायाँकन, सम्पादन तथा कृष्ण लिंखा याक्खाको निर्देशन भिडियोमा रहेको छ । ‘भूईँ सोरी’ गीतको भिडियोमा विमला लिम्बू र जान रानाको अभिनय रहेको छ ।

‘भूईँ सोरी’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

सोमबार, २७ कार्तिक, २०८०, बिहानको १०:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर