विराटनगर । विराटनगर–१ पोखरियास्थित त्रिवेणी बचत तथा ॠण सहकारीको २६ औं वार्षिक साधारणसभाको अवसर आठ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।
सम्मानित हुनेहरूमा चुडामणि शर्मा, टिका कुमारी गुरागाई, सेठीलाल चौधरी, महादेवी निरौला, तुलसा न्यौपाने अधिकारी, महानन्द गुरागाई र युवराज रिजाल छन् ।
प्रमुख अतिथि प्रदेशसभा सदस्य भीम पराजुली, विराटनगर महानगरपालिका वार्ड नम्बर १ का वडाध्यक्ष काजीबहादुर बस्नेत, विराटनगर महानगरपालिकाकी रोजी कार्की, बलराम पराजुली सहकारीकी उपाध्यक्ष निर्मला कोइराला, सचिव यादव दुलाल, विष्णु वाग्लेलगायतले दोसल्ला माला सम्मानपत्र र रामे खादालगाएर सम्मान गरिएको हो ।
साथै उत्कृष्ट बचत कर्ता केशव प्रसाद पोखरेल र भास्कर अधिकारी पनि सम्मानित भएका छन् । यस्तै कक्षा १२ को परीक्षामा उत्कृष्ट अङ्क ल्याउने कृतिम खड्का, सिद्वान्त भट्टराई, युमन वञ्जरा, हिमालबाबु कार्की, निर्मला दुलाललगायत विद्यार्थीहरू पनि सम्मानित भएका छन् ।
२०५५ सालमा स्थापना भएको सहकारीमा हाल चार सय ६६ जना सदस्य रहेको जानकारी सहकारीका सचिव यादव दुलालले जानकारी दिए । संस्थाको सेयर पूँजी २०८० असार मसान्तसम्म एक करोड पाँच लाख ८९ हजार रहेको छ ।