नेपालले एसिसी यू–१९ एसिया कपमा पहिलो खेल पाकिस्तानसँग खेल्ने

काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसिसी)ले यू –१९ एसिया कपको तालिका सार्वजनिक गरेको छ । उक्त तालिका अनुसार नेपालले एसिसी यू–१९ एसिया कपमा पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ ।

यू –१९ एसिया कप ८ देखी १८ डिसेम्बरसम्म युएईमा हुने भएको छ । यसअघि एसिया कप पाकिस्तानमा हुने तालिका थियो । तर भारत जान नमानेपछि युएईमा सारिएको हो । समूह ए मा नेपाल, पाकिस्तान, अफगानिस्तान र भारत छन् । समूह बी मा बंगलादेश, श्रीलंका, युएई र जापान छन् ।

नेपालले पहिलो खेल ८ डिसेम्बरमा पाकिस्तानसँग आइसिसी एकेडेमी ओभल २ मा खेल्नेछ । नेपालले दोस्रो खेल १० डिसेम्बरमा अफगानिस्तानसँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल १२ डिसेम्बरमा भारतसँग खेल्नेछ । सेमिफाइनल १५ डिसेम्बरमा हुनेछ । फाइनल १७ डिसेम्बरमा हुनेछ ।

नेपालले तीन साताअघि मलेसियामा सम्पन्न एसिसी यू –१९ प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो । नेपाल विजेता, युएई उपविजेता र जापान तेस्रो स्थानमा रहँदै प्रिमियर कपमा शीर्ष तीनमा रहँदै एसिया कपमा स्थान बनाएका हुन् ।

बुधबार, २२ कार्तिक, २०८०, साँझको ०५:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर