दर्ता नगरी चल्दैछ बिग हस्पिटल, दलालले पुर्‍याउँछन् विरामी

विराटनगर ।विराटनगरको हस्पिटल चोकमा रहेको बिग हस्पिटल दर्ताबिनै संचालन भइरहेको पाइएको छ । एक वर्षदेखि १५ शैय्याको उक्त हस्पिटल दर्ता नगरी सञ्चलन हुँदै आएको पाइएको हो ।

कोशी अस्पतालका सर्जन डा. विसाल अग्रवालसहितको टिमले संचालन गरेको उक्त अस्पताल कतै दर्ता नभएको विराटनगर महानगरपालिकाले जनाएको छ । १५ शैय्या सम्मका अस्पतालल सञ्चालनको अनुमति स्थानीय तहबाट लिनुपर्ने कानुनी व्यवस्था भए पनि अस्पतालले अनुमति नलिएको महानगरले जनायो ।

स्थानीय तह स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नवीकरण सम्बन्धी निर्देशिका, २०७४ अनुसार १५ शैय्यासम्म स्थानीय सरकारले अनुमति दिने गरेको छ । तर, बिग हस्पिटलका संचालकहरुले अटेर गरी लामो समयदेखि दर्ता बेगर संचालन गरिरहेको पाइएको महानगरले जनायो ।
हस्पिटलले अनुमति प्रक्रियाका लागि विराटनगर महानगरपालिकामा निवेदन दिएको थियो । तर महानगर स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीसहितको प्राविधिक टिम गएर अनुगमन र निरीक्षण गर्दा अस्पतालका लागि आवश्यक मापदण्ड पूरा नभएकोले १२ बुँदे मापदण्ड पूरा गरेर आउन निर्देशन दिएको थियो । गत वैशाख २६ गते महानगरले पत्रमार्फत पूरा गर्नुपर्ने मापदण्डका बारेमा निवेदकलाई जानकारी गराएको हो ।
महानगरपालिकाले अस्पतालमा अटो फायर अलार्मर स्मोक डिटेक्टरको व्यवस्था नभएको, शव वाहन नभएको र शव वहानका लागि अन्य संस्थासँग आवद्धतासमेत नलिएको, भवन तथा पूर्वाधार सम्बन्धी व्यवस्था अनुरुप भवन निर्माण सिफारिस सम्बन्धी कागजात उपलब्ध नभएको पाइएकोले ती मापदण्ड पुरा गर्न भनिएको स्वास्थ्य महाशाखा प्रमुख अलीले बताए । यस्तै जनशक्ति व्यवस्थापन मापदण्ड अनुरुपको जनशक्ति नभएको, स्वमूल्याङ्कन प्रतिवेदन पेश नभएको, स्वघोषणा पत्र, जन स्वास्थ्य सेवा सम्बन्धी व्यवस्था (पोषण सेवा, खोप, सुरक्षित मातृत्व, बाल स्वास्थ्य, परिवार नियोजन) अनुरुप सेवा प्रवाहको कार्ययोजना नभएको, फोहरमैला व्यवस्थापन मापदण्ड बमोजिम नभएको, विपद् व्यवस्थापन योजना तयार नगरेको पाइएका कारण सञ्चालन अनुमति नदिएको उनले बताए । ‘मापदण्ड पूरा नगरेपछि हामीले अनुमति नदिएका हौं । १२ बुँद्धे मापदण्ड पूरा गर्न पत्रचार गरेका थियौं । अहिलेसम्म हस्पिटलले उक्त मापदण्ड पूरा गरेर आएको छैन,’ उनले भने । सञ्चालन अनुमतिनै नलिइ अस्पताल सञ्चालन गर्न नहुनेमा अस्पताल सञ्चालन भइरहेको सूचना प्राप्त भएकोले अनुगमन गरी कारवाही गर्ने उनले बताए ।

यता हस्पिटलका संचालक डाक्टर विशाल अग्रवालले हस्पिटल दर्ता प्रक्रियामा रहेको बताए । ‘हामीले अनुमतिको लागि निवेदन दिएका छौं,’ उनले भने, ‘केही दिनभित्रमा अनुमति आइहाल्छ ।’

डाक्टर अग्रवालले यसअघि पनि मकालु हस्पिटल र एम्स हस्पिटलमा लगानी गरेका थिए । अग्रवालले मकालुबाट सेयर झिकेर बिग हस्पिटल पार्टनर खोजेर संचालन गरेका हुन् । अहिले दर्ता बेगर संचालनमा आएको बिग हस्पिटल यसअघि एम्स अस्पतालको नाममा चलाइएको थियो । त्यसबेलामा डाक्टर अग्रवाल पनि साझेदार सञ्चालक थिए । डाक्टर अग्रवालकै कारण त्यसबेला एम्स हस्पिटल बन्द हुने अवस्थामा पुगेको थियो । अहिले पनि उनका पार्टनर अजय यादवलाई ५५ लाख रुपैयाँ दिनुपर्ने बाँकी रहेको बताइएको छ । यादवलाई ५५ लाख रुपैयाँ नदिएपछि यादवले मोरङ अदालतमा ‘किर्ते जालसाज’को मुद्दा हालेका थिए । अहिले उक्त मुद्दा विचारधीन रहेको छ । पैसा नदिएपछि डाक्टर अग्रवाललाई स्ट्याण्डर चार्टर बैंकले कालो सूचीमा राखेको छ ।

दलालले लगिदिन्छन् विरामी

ग्रामीण क्षेत्रबाट विराटनगरको राम्रो अस्प्ताल वा कोशी अस्पतालमा उपचार गराउन आएका सोझा विरामीलाई ठग्ने विचौलीयाहरूको बिगबिगी विराटनगरमा अहिले पनि रोकिएको छैन । बेला बेलामा प्रहरीले बिचौलीयाहरुलाई समातेर कारवाही गर्ने गरेको भए पनि ठगी धन्दा निरुत्साहित भएको छैन ।

अस्पताल र औषधि पसलले दिने कमिसनका लागि उपचार गराउन आउने सोझा बिरामी ठग्नेहरूलाई मोरङ प्रहरीले पक्राउ गरी कारबाही गर्दै आएको भए पनि ठगी नरोकिएको गुनासो आइरहेको छ ।
राम्रो डाक्टर छ उपचार राम्रो हुन्छ, औषधि सस्तोमा पाइन्छ भन्दै आफ्नो सम्पर्कको अस्पताल र फार्मेसीमा लगेर उनीहरुले ठगी गर्ने गरेका छन् । त्यस्ता बिचौलीयाहरुले पछिल्लो समय विरामीहरुलाई बिग हस्पिटलमा लैजाने गरेका छन्

बुधबार, २२ कार्तिक, २०८०, बिहानको ०८:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर