विराटनगर । विश्वकप छनोटअन्तर्गत अहिले भइरहेको खेलमा मलेसियाले घरेलु टोली नेपाललाई रनको लक्ष्य दिएको छ।
टस जितेर ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ६५ रन जोडेको हो ।
मलेसायका लागि सेयद अजिजले ६८ रन बनाए भने ओपनर जुबाईदी जुल्कीफिलले २४ रन बनाए। कप्तान अहमद फैज ३ रनपछि रनआउट हुँदा विरनदिप सिंहले पनि ४ रन मात्र बनाउन सके ।
नेपालका अविनाश बोहराले ४ तथा सन्दीप लामिछाने, करन केसी र रोहित पौडेलले एक–एक विकेट लिए। मलेसियाले पहिलो विकेटका लागि ५७ रनको साझेदारी गरेको थियो भने सुरुको ६ ओभरमा एक विकेट गुमाएर ६० रन जोडेको थियो ।
त्यसपछि १३.५ ओभरमा ११९.३ को स्थितीमा रहेको मलेसिया विशाल योगफलतर्फ देखिएको थियो । तर, सोही ओभरको अन्तिम बलमा कप्तान रोहित पौडेलले सार्भिन मुनाइन्दीलाई आउट गरेपछि मलेसिया लगातार विकेट गुमाएर दबाबमा आएको थियो । रोहितले एकै ओभरमा १५ रन खर्चिएपछि मुनाइन्दीलाई आउट गरेका थिए । त्यसपछि मलेसियाको रन गति केही सुस्त बनेको थियो।
सन्दीपले चार ओभरमा २२ रन दिए भने अविनाशले ४ ओभरमा २७ रन खर्चिए ।