अनन्तराज न्यौपाने
एक व्यवसायीसित एकाध घण्टा भलाकुसारी गर्नुपर्ने भयो । कहाँ बस्ने र कुरा गर्ने भनेर एक छिन छलफल गरेपछि उनले पिजफायर रेस्टुरेन्टमा बोलाए । मैले हुन्छ भनेपछि साँझ साढे सात बजे भेट्ने फाइनल भयो ।हामी गफिन थाल्यौँ । एक छिनपछि होटलका बेयरा आए । दाइले हट लेमन विद हनी अर्डर गर्नुभयो । मैले खाना खानुपर्ने थियो त्यसैले दुई वटा तन्दुरी रोटी र एउटा मिक्स भेजिटेबल भनेँ ।
अर्डर गरेको कति समयमा ल्याइपु¥याउलान् भनेर म घडी हेरेर बसिरहेको थिएँ । हट लेमन विद हनी ल्याउन १४ मिनट लाग्यो । अर्डर गरेको ठ्याक्कै ३२ मिनटपछि मेरो खानेकुरा आयो । खानेकुरा त आयो, तर मिक्स भेजिटेबल कस्तो थियो भने ग्रेभीमा होइन तेलमा डुबेको । मैले मधुमेहको ट्याब्लेट खाइसकेको थिएँ त्यसैले यसको सट्टा अर्को उसिनेको तरकारी अर्डर गर्ने समय थिएन । मैले तत्काल खाइहाल्नुपर्ने थियो । तर पनि मैले बेयरालाइै गुनासो गर्दै भनेँ, ‘ए भाइ, यस्तो तेलैतेल कसरी खानु ? पहिले–पहिले पनि यहाँ खाएकै हो । यस्तो तेलमा डुबेको खानेकुरा त आउँदैनथ्यो । आज के भएको यस्तो ? सकिन्छ भने छिटै अर्को बनाएर ल्याइदिनोस् ।’‘हाम्रो किचनको सेफ बाहिर जानुभएको छ सर त्यसैले किचनमा एकदुई जना नयाँ साथीहरू हुनुहुन्छ’, उनको उत्तर थियो, ‘यसलाई फिर्ता गरेर अर्को ल्याउन मिल्दैन । हाम्रो रेसिपीअनुसार नै बनेको हो । म अर्को ल्याउन सक्तिन ।’
यसपछि म अलमल्ल परेँ । नखाऊँ भने दिनभरिको सिकार खाऊँ भने कान्छा बाबुको अनुहार भनेको यही होलाजस्तो लाग्यो । नखाएर पनि के गर्नु ! तेल छान्दै सब्जीका टुक्रा छुट्याउँदै पेटपूजा गरियो ।पिजफायर विराटनगरमा नामचलेको रेस्टुरेन्ट हो । यसबाट यस्तो आशा मैले गरेको थिइँन । विराटनगरमा एकदुई यस्ता रेस्टुरेन्ट पनि छन्, तिनमा यो खानेकुरा धेरै पिरो भयो वा चर्को भयो वा धेरै तेल भयो भनेर गुनासो ग¥यो भने सरक्क त्यो खानेकुरा लगेर भनेजस्तो अर्को ल्याइदिन्छन् । त्यसको एक्स्ट्रा बिल पनि बनाउँदैनन् । यस्तो व्यवहारमा पल्किएका हामी ग्राहक र उपभोक्ता पिजफायरको मिक्स भेजिटेबल प्रकरणबाट दिक्क हुनु अस्वाभाविक होइन ।
विराटनगरको पीपलचोकबाट उत्तरको फाँट यति वेला रेस्टुरेन्टमय भएको छ । आर्थिक मन्दीको असर त होला नै तैपनि नाम चलेका रेस्टुरेन्टहरूमा भिडभाड नै देखिन्छ । तर मेरा विचारमा रेस्टुरेन्टका सञ्चालकहरूले बुझ्नुपर्ने कुरा के हो भने पहिलो– खानेकुराको गुणस्तर र हाइजिन मेन्टेन अनि दोस्रो गुणस्तर र हाइजिनमा निरन्तरता अर्थात् स्थिरता । तेस्रो फास्ट सर्भिस । यी विशेषताहरू एक दिन वा एक महिना वा एक वर्ष मेन्टेन गरेर हुँदैन, सधैँ हुनुपर्छ । किनकि ग्राहक–उपभोक्तालाई वर्ष दिन राम्रो सर्भिस दिएर पनि एक दिन दिन सकिएन भने उसको इम्प्रेसन बिग्रिन्छ र ऊ भोलिदेखि त्यहाँ आउनै छाडिदिन्छ । त्यसैले आज वा भोलि गुणस्तर र सर्भिस दिनु मात्र ठुलो कुरा होइन त्यसलाई निरन्तरता दिनु र स्थिर राख्नु महत्त्वपूर्ण हो ।
मानिस विभिन्न कारणले रेस्टुरेन्ट जान्छन् । जस्तो कि आज घरमा आपसमा ठुलो वादविवाद भयो र घरको कुनै एक सदस्यलाई घरमा खान मन लागेन । अब ऊ जाने ठाउँ भनेको रेस्टुरेन्ट नै हो ।यसको ठिक विपरीत आज घरमा अत्यन्त राम्रो मेलमिलाप र खुसियालीको वातावरणको सृजना भयो । फलतः सबै परिवार आउटिङमा जाने भए । यति बेला पनि जाने रेस्टुरेन्ट नै हो ।कुनै विद्यार्थीको परीक्षा बिग्रियो । उसलाई एकदुई घण्टा बियर खाएर मन बुझाउन मन लाग्यो । ऊ रेस्टुरेन्ट जान्छ । तर कुनै विद्यार्थीको परीक्षा सोचेभन्दा राम्रो भयो । घरबाहिर मिठोमसिनो खान मन लाग्यो । कहाँ जाने ? रेस्टुरेन्ट ।
यसरी एउटा रेस्टुरेन्ट र त्यही रेस्टुरेन्टको एउटा वेटरले विभिन्न मनोदशा, परिस्थिति र वातावरणका ग्राहक–उपभोक्तालाई चित्त बुझाउनुपर्ने हुन्छ । तर रेस्टुरेन्टहरू ग्राहकमैत्री भएनन् भने तिनले ग्राहकका कुरा सुनेर उचित समाधान दिन सकेनन् भने नामका भरमा केही दिन त चल्लान् दिगो रूपमा चाहिँ टिक्लान् भन्ने कुरामा दम छैन । त्यसैले अहिलेका रेस्टुरेन्टहरू हिजो वा आज टेबुल भरिएकै छन् भनेर अहंकार नगरून् क्वालिटी र सर्भिसलाई कन्टिन्यु गर्न सकेनन् भने ती पनि लोपोन्मुख प्रजातिमा पर्नेछन् ।
XXX नाम गरेका सर हजुर लाई हृदय बाट धन्यवाद दिन चाहान्छु ????pizfire cafe को नराम्रो कुरा को बारेमा लेख लेखी हामी pizfire परिवार लाइ सामाजिक सन्जाल मा बद्नाम गर्ने कोसिस गर्नुभएको मा ! हजुर ले लेखेका कतिपय कुराहरू गलत देखेर एतिकै बस्नै सकिन । तपाईं ले pizfire ko waiter sanga hana मेनेजर sanga kura garnu vako theyo. हाम्रो chef bahira gako vaneko theyana hamro recipe anusar banako xa vaneko theyo.हजुर जस्तो बरिस्ठ सर ले यसरि सामाजिक संजाल मा लेख्दा अलिक dheyan deyako ramro ho.Aru kasai lai naramro dekhauna ko lagi hudai navako jhuta kura lekhnu vaneko आपराध हो नबिर्सिनु होला !
तपाईं पनि येहि bussiness गर्दै hunuhunxa jasto lagxa .काे कति पनि मथी छ Biratnagar ko customer ले dekhnu nai hune xa
Aba aamm conclusion ma
सर हजुर k ko berami hunuhunxa vaner थाहा पाउन हामी संग हजुरको medical report pani theyana . Hajur le vannu pani vayana ke malai yesto bemar xa ma jasto berami le khane jasto banaidinu hai vanera.
Arko kura तपाईं कुनै पनि indian curry khanus tesma तेल र masala hunxa nai . Hajur lai less garna maan xa vane kam garna chai sakinxa hai tara jun tapai le vannu vako xa boile style ko testo banauna sakindaena tapai afno chef lai pani sodna saknu hunxa.
Aaru kasai lai naramro dekauna ra badnam garauna jhutaa kuraa ra artha hin kura samajik sanjal ma nalekhnu holaa yo kunai rajniti haina yo ta bass business ho .
Naramro vaneko vaya maff pammm????????????????