लोड हुँदैछ...

मेनु

मिस्टर एण्ड मिस लिटल कोशीको फाइनलमा ७९ जना

मिस्टर एण्ड मिस लिटल कोशीको फाइनलमा ७९ जना

विराटनगर । छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको फाइनलमा ७९ जना प्रतियोगिहरु छनोट भएका छन् । भदौ १६ हुने फाइनलमा विभिन्न चरणको अडिसनबाट ७९ जना छनोट भएका हुन् ।

जय मिडिया मेनेजमेन्ट प्रा लि ले आयोजना गरेको उक्त प्रतियोगिताको फाइनलमा विराटनगरबाट प्रिमल चौधरी, पेरिसा ठाकुर, कियाना राई, राएसा चौलागाई, सुमिरा बैध, स्मारीका बस्नेत, सायरा श्रेष्ठ, मुस्कान मुखिया, रोजा श्रेष्ठ, श्रेया खड्का, सारिका खरेल, संज्ञा कोइराला, प्रिकाशा श्रेष्ठ, भव्या शंकर, विधाता दाहाल, सफलता अधिकारी, सृती कोइराला, प्रतिक्षा राजवंशी, रिहाना पोखरेल, मिनाज गुरूङ, स्मीरा श्रेष्ठ, हृदयांशु अधिकारी, संक्क्षेप  अधिकारी,  स्वर्णीमराज संग्रौलाला, अंकित बजगाई, सम्वृद्ध बजगाई, अभिनव उप्रेती, श्रेयश प्रसाद रिजाल र सुमन मण्डल पुगेका छन् । यसैगरी इटहरीबाट आभा न्यौपाने, सुहाना लिम्बु, आइसा नेपाल, स्मारिका तिम्सिना, प्रतिमा चौलागाई, रुश्मा मगराती, डेनिसा कोइराला, सविना याख्खा, स्मारिका आर्या, दिपिका कार्की, प्रेरणा चौधरी, रियाना ओझा, आज्ञा राई, आरोही अग्रवाल धनावत, आरुसी मल्ल, अर्लिन श्रेष्ठ, सयष्मा कटुवाल, आराध्या अधिकारी, मिन्सु श्रेष्ठ, उपासना श्रेष्ठ, ओजस्वी कार्की, यशस्वी कार्की, समृद्धि राई, शिवन्या सोनी, दिपाशा कार्की, इसा राई, रिहाना मगर, अभिप्सा श्रेष्ठ, सोनु दाहाल, आइरिस लिम्बु, प्रकृति कटुवाल, माइता श्रेष्ठ, तपस्या लम्साल, सरगम नेपाल, प्रवल चौधरी, उमंग पोखरेल, अबिम नेपाल, साइमन नेपाल, सम्यम तिम्सिना, सुगम दाहाल, रेवन अधिकारी, आविष्कार सुवेदी र आकृस्ट कार्की फाइनलमा पुगेका छन् ।

यसैगरी कटहरीबाट कृतिका राजवंशी, विनिसा राजवंशी, दुहबीबाट साइमोना पोखरेल, विन्सा चौधरी, पार्वती खड्का, दिव्या साह र अनन्या रौनियार फाइनलमा पुगेका छन्

। फाइनलमा पुगेका प्रतियोगिहरुले यसअघि ट्यालेन्ट राउण्टमा आ–आफ्नो प्रतिभा देखाएका छन् । प्रतिभा देखाएका मध्ये एक जनाले बेस्ट टेयालेन्ट एवार्ड जित्नेछन् । प्रतियोगिताको विजेताले जनही ३०–३० हजार रुपैयाँको साथै जय मिडिया मेनेजमेन्ट प्रालिको ब्यानरमा निमार्ण हुने नेपाली चलचित्रमा बाल कलाकारको भूमिकामा पनि खेल्न पाउने भएका छन् । ‘यस पटकको प्रतियोगिता विगतको भन्दा फरक र भव्य रुपमा हुनेछ,’ जय मिडिया मेनेजमेन्ट प्रालिका डाइरेक्टर जय राज रायले भने, ‘विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका विज्ञहरुबाट फाइनलमा छनोट भएका बालवालिकाहरुलाई प्रशिक्षण दिने गरिएको छ ।

जहाँ बालवालिकाहरुको क्षमता अभिवृद्धी गर्नेदेखि उनीहरुलाई सीप र संस्कारको ज्ञानहरु पनि सिकाइनेछ ।’ साथै बालवालिकाहरुलाई नृत्य, सरसफाई, शिक्षाको महत्व, वाक कला जस्ता अतिआवस्यक विषयमा विज्ञहरुबाट विशेष कक्षाहरु पनि दिदै आएको जय मिडिया मेनेजमेन्ट प्रालिका सिइओ निशा खतिवडाले बताइन् ।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

Kopila khadka
August 29, 2023 6:47 PM

Oh wow! fantastic ????Huge congratulations to Jay Mediya????

प्रतिक्रियाहरू बन्द छन्।