आइसीवुमन्स टी–२० चारदेशीय छनोट सिरिजमा नेपालले कुवेतलाई हरायो

काठमाडौँ । आइसीवुमन्स टी–२०चार देशीय छनोट सिरिजमा दोस्रो जित हात पार्ने क्रममा नेपालले कुवेतलाई हराएको छ ।

मलेसियामा बुधवार भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको हो ।

इन्दु बर्माको अलराउन्डर प्रदर्शनको योगदान नेपालका लागि सहयोगी रहयो । उनले ब्याटिङतर्फ १९ बलको सामना गरिन २ चौकाको सहयोगमा २३ रन बनाउँदा बलिङ तर्फ भने ४ ओभर खेलेर मात्र १० रन दिँदै कुवेतको ३ विकेट लिन सफल भइन् ।

बायोमास क्रिकेट ओभरमा टस गुमाएको पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर मात्र ८९ रन बनाएको थियो । तर ९० रनको विजय लक्ष्य पछ्याएको कुवेत २० ओभरमा ८ खेलाडी गुमाएर मात्र ५५ रनमा समेटियो ।

नेपालका लागि प्रारम्भिक व्याट्स म्यान पूजा महतो विना रन बाहिरिँदा उनीसँगै आएकी बिन्दु रावलले २० रनको योगदान गरिन । यस्तै सम्झना खड्का १, सीता ७ रन, कप्तान रुविना क्षेत्रीले ५ रन, काजोल श्रेष्ठ १९ रन र खुसी डङ्गोल १ रनमा नकआउट रहिन ।

नेपालका लागि बलिङतर्फ खुसी डङ्गोलले पहिलो डेब्यु मै ३ ओभरमा २ मेडनसहित ३ रन खर्चेर २ विकेट लिँदा ईश्वरी विष्ट, कविता कुँवर र सीता राना मगरले एक एक विकेट लिन सफल भए ।

नेपालले यस अघि सिरिजको पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो ।

चार देश सम्मिलित सिरिजमा नेपाल २ खेलमा २ जितका साथ ४ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । नेपालले आफ्नो अन्तिम खेल शुक्रवार घरेलु टोली मलेसिया विरुद्ध खेल्ने छ ।

बुधबार, ०६ भदौ, २०८०, साँझको ०७:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर