एसइई रनिङ शिल्ड : चार स्कुल अन्तिम आठमा

विराटनगर । दोस्रो संस्करणको एसइई कप अन्तर विद्यालय रनिङ शिल्ड फुटबल प्रतियोगितामा मोरङ र सुनसरीका चार वटा स्कुल अन्तिम आठमा पुगेका छन् ।

विराटनगरमा सोमबार भएको खेलमा सुनसरी दुहबीको थर्ड आई स्कुल, सहिद स्मृती आवसिय मावि, मोरङ कटहरीको प्रजातन्त्र मावि, र विराटनगरको सत्यनारयण मावि विजयी भई अन्तिम आठमा पुगेका हुन् ।

पहिलो खेलमा थर्ड आई स्कुलले विराटनगरको डन बस्को स्कुललाई १ – ० गोलले पराजित गर्यो । जितका लागि थर्ड आइका सुसान्त चौधरीले निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच आशिष कामत घोषित भए ।

दोस्रो खेलमा सहिद स्मृति आवासीय माविले माउन्ट मनास्लु स्कुललाई टाइब्रेकरमा ४–२ गोलले हरायो । निर्धारित समयसम्म १–१ गोलको बराबरी भएपछि जितको निर्णाय टाइब्रेकरबाट भयो ।

तेस्रो खेलमा प्रजातन्त्र माविले दिल्ली पब्लिक स्कुललाई २ –१ गोलले निराश बनायो । जितको लागि दुवै गोल प्रजातन्त्र माविका अनुज उरावले गरे । सान्त्वना गोल डिपिएसका जेनिल बिष्टले फर्काए । खेलको म्यान अफ द म्याच प्रजातन्त्र माविका अमित सरदार भए ।

चौथो खेलमा सत्यनारायण माविले सनसाइन स्कुललाई १–० गोलले हरायो । जितको लागि निर्णायक गोल हेमन्त राजबंशीले गरे । म्यान अफ द म्याच सनसाईन स्कुलका समीर लामा घोषित भए ।

मङ्गलबार, ०९ साउन, २०८०, बिहानको ०७:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर