काठमाडौं । नेपाल भविबल इतिहासमै सबैभन्दा ठुलो एनएससी–काभा(सेन्ट्रल एसियन भलिबल एसोसिएसन)महिला भलिबल च्यालेन्ज कप अन्तर्गत जारी खेलमा नेपाली टोली आज(मंगलवार) बंगलादेशसँग भिड्दैछ ।
खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुँदैछ । नेपालले बंगलादेशलाई हराउन सके सेमिफाइनलमा पुग्नेछ । सोमवार भएको खेलमा नेपाली टोलीले बिजयी सुरुवात गरिसकेको छ । सोमवार नेपाली टोलीसँग किर्गिस्तानको टोली भिडेको थियो । नेपालले साझो सेटमा किर्गिस्तानलाई पराजीत गर्दै सेमिफाइनलतर्फको यात्रा तय गरेको थियो ।
यसअघि बंगलादेश र भातरबीच खेल भएको थियो । बंगलादेश भारतसँग पराजीत भएको थियो । आजै किर्गिस्तान र भारतबीच पुनः अर्को खेल हुँदैछ । भारतले किर्गिस्तान र नेपालले बंगलादेशलाई हराउन सके दुवै टोली सेमिफाइनलमा पुग्नेछन् । र, उनीहरु आपसमा भिड्नेछन् । भारत र कीर्गिस्तानबीचको खेल बिहान १० बजे सुरु हुनेछ भने नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
त्यस्तै, समूह बी अन्तर्गत काजकिस्तान र श्रीलंकाबीचको खेल साढे १२ बजे कभर्ड हलमा हुनेछ । उज्वेकिस्तान र माल्दिभ्सबीचको खेल भने साढे ६ बजेबाट सुरु हुनेछ । यस अघि भएको खेलमा काजकिस्तानले माल्दिभ्सलाई हराइसकेको छ भने, उज्वेकिस्तानले श्रीलंकालाई पराजित गरेको छ ।
यसअघि बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपालले दुई पटक जीत हाँसिल गरिसकेको छ । तेस्रो पटक पनि जीत निकालेर नेपाली टिम ह्याट्रिक गर्ने मुडमा छ । नेपालले आज किर्गिस्तानसँग खेल्दै छ । दुई टिमबीचको खेल साढे चार बजेबाट सुरु हुनेछ । काभामा आबद्ध १४ मध्ये विश्व भलिबलमै आफ्नो उपस्थिति गराइसकेको काजखस्तान अनि दक्षिण एसियाको बलियो टोली भारतसहित ८ टिमले यस पटक प्रतिस्पर्धा गर्दैछन् ।