काठमाडौं । आगामी महिना हुने आइसीसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा प्रारम्भिक टिम घोषणा गरीएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमवार २२ सदस्यीय प्रारम्भिक टिम घोषणा गरेको हो ।
प्रारम्भिक टिम नेपाल एक हप्ताको बन्द प्रशिक्षणपछि अन्तिम तयारीको लागि दक्षिण अफ्रिका जानेछ । नेपालले एक हप्ताको तयारीपछि अन्तिम टोली घोषणा गर्ने क्यानले जनाएको छ । मंगलवारबाट बन्द प्रशिक्षण शुरू गरीने जनाइएको छ ।
जिम्बावेमा आगामी जुन १८ देखि शुरू हुने विश्वकप छनोटमा चार टेस्ट राष्ट्रसहित १० टिमले भाग लिँदैछन् ।
छनोट प्रतियोगिताबाट दुई टिम आगामी अक्टोबर र नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा पुग्नेछन् ।
विश्वकप छनोटमा नेपालसहित वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, नेपाल, अमेरिका र युएई सहभागी हुँदै छन् ।