पाँच अहम् प्रश्न
१. भाउजूहरू भ्रष्ट छैनन् भन्ने आधार नै छैन । निमुखा, आरक्षण नपाएका, शिक्षाभन्दा पर, नीतिगत तहमा पहुँच नभएकाका लागि तय गरिएको समानुपातिक सिटमा अग्रपंक्तिमा बसेर सदनमा छिर्नेहरू भ्रष्ट नभए के हो त ? यो त चरम भ्रष्टवाद हो, यसकारण भाउजू सदनमा कुर्लनुको अर्थ छैन ।
२. कांग्रेसभित्रकै संसदीय दलको निर्वाचनमा सांसदलाई मत हालेको तस्बिर खिचेर ल्याउनू भनी निर्देशन दिने भाउजूहरू, रुजु गर्ने पनि उनीहरू नै भ्रष्ट नभएर को हुन् त ? कसैले होइन, कांग्रेसभित्र रहेर भाउजूअन्याय सहन नसकेका स्वर्णिम वाग्ले, अमरेश सिंहहरूले उठाएको प्रश्नको निरुपणका लागि पनि भाउजूहरूमाथि अनुसन्धान आवश्यक छ ।
३. परराष्ट्रमन्त्री नारायण खड्का हुँदाहुँदै प्रधानमन्त्री रहेका शेरबहादुर देउवाको भारत भ्रमणको चाँजो मिलाउन कुटनीतिक मर्यादाको ठाडो हस्तक्षेप गर्ने, भारतीय संस्थापनका विदेश विभाग प्रमुखलाई बालुवाटारमा राखी बाँधेर चरम दक्षिणपन्थ देखाउनुको कारण भाउजूले दिनु पर्दैन ? उनले सम्पत्ति विवरणको प्रश्न उठाइन् ।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग मिलेर छोराका लागि तयार पारेको स्यानेटरी प्याडसम्म विदेशी कम्पनीबाट झिकाउने सवाल पैदा भएपछि त्यसको उत्तर दिन नपर्ने ? दिदीलाई जापानको राजदूत नियुक्त गर्नैपर्ने आधार के थियो ? जेठी भाउजूले त्यसको उत्तर दिनु पर्दैन ? सम्पत्ति विवरण सार्वजनिक गर्नुअघि बुढानिलकण्ठको आँगन खन्ने अनुमति पाउने कि नपाउने ? कोठाचोटा र विदेशी खाता चेक गर्न पाउने कि नपाउने ? रेड हान्ने अनुमति दिने आँट छ ?
४. प्रहरीको बढुवा सरुवामा विवादमा तानिएकी माइली भाउजूको त अझ धेरै नै प्रकरण चर्चामा छन् । जेठी भन्दा पनि माइलीले बढी ६ करोड रुपैंया बुझेको भन्ने आरोप लागेपछि त्यसको उत्तर दिनुपर्दैन ? छानबिनका लागि मार्ग खोल्नु पर्दैन ?
५. हिजोको कांग्रेसमा गिरिजाप्रसाद कोइरालाको हालिमुहालि हुँदा छोरीतन्त्र हावी थियो । चुनावमा पराजित भएर पनि उपप्रधान तथा परराष्ट्रमन्त्री बाबुको बलमा बनेको, राज्यसंयन्त्रमा त्रसित बनाउन भूमिका खेलेका आरोपको निरुपण अहिलेसम्म भएको छैन । आज देउवा र बालकृष्ण खाँणहरु शक्तिमा आउँदा जेठी, माइली भाउजूहरूले पनि आरोप निरुपणका लागि बाटो खोल्नु पर्छ कि पर्दैन ?
अहिले त कांग्रेसमा साइँली, काइँली भाउजूहरुको पनि रजगजका तमासा र हल्ला सुनिन्छन् । तिनीहरु पनि निगरानीमा राखेर सत्यको निरुण गरियोस् । अन्यथा, सत्तामा रहेका भाउजूको भ्रष्ट मनस्थिति र लोभले मुलुक ध्वस्त र ध्वंश हुनेमा कुनै शंका छैन ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।