वन क्षेत्रलाई रोजगारीसँग जोडेर लैजानुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वन क्षेत्रलाई प्रदेश सरकारले राजस्व सङ्कलन, मझौला उद्योग र रोजगारीसँग जोडेर लैजानुपर्ने बताएका छन् ।

पर्यटन, वन तथा वातावरण मन्त्रालयको त्रैमासिक प्रगति समीक्षा गोष्ठिमा बोल्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताएका हुन् । प्रदेश सरकारको सबैभन्दा धेरै संरचना भएको मन्त्रालय भएर पनि वन मन्त्रालय रहेको भन्दै यही मन्त्रालयबाट राजस्व योगदान कम रहेको उनको भनाइ छ ।

प्रदेश भित्रका धेरै सामुदायिक वनहरुले राजस्वमा योगदान पु¥याई रहेको चर्चा गर्दै त्यस्ता सामुदायिक वनहरुसँग सहकार्यमा आवश्यक संरचना निर्माण गरी राजस्व सङ्कलनमा प्रदेश सरकार पनि जोडिनुपर्ने उनले बताए । ‘प्रदेश भित्रका केही सामुदायिक वन, तालतलैया र सिमसार क्षेत्रहरुमा आवश्यक संरचना निर्माण गरी तीनलाई पर्यटकी क्षेत्रकारुपमा विकास गर्दै राजस्व बढाउन सकिन्छ,’ मुख्यमन्त्री कार्कीले भने ।

सरकार एक्लै जाँदा सफल नभएको दृष्टान्त पस्तुत गर्दै उनले वनलाई पर्यटनसँग जोडेर लैजाँदा निजी क्षेत्रलाई पनि सँगसँगै लैजान आवश्यक रहेको उनले बताए । उनले खुल्ला चिडिया खानाको अवधारणबारे वन मन्त्रालयले गरिरहेको अध्ययन आगामी आर्थिक वर्ष २०८०÷०८१ भित्र सकेर अर्को आर्थिक वर्षमा त्यसका लागि बजेट विनियोजन गर्ने वतावरण बनाउनुपर्नेमा उनले जोड दिए ।

सोमबार, २५ बैशाख, २०८०, रातीको ०८:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर