लोड हुँदैछ...

मेनु

नेपाली सेनाका पूर्वी पृतनापतिद्वारा बक्रकुण्डम मन्दिरको प्रवेशद्वार उद्घाटन

नेपाली सेनाका पूर्वी पृतनापतिद्वारा बक्रकुण्डम मन्दिरको प्रवेशद्वार उद्घाटन

विराटनगर । धनकुटाको हिलेस्थित बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर परिसरको प्रवेशद्धार पूर्वी पृतनापति उपरथी डा. आसबहादुर तामाङले उद्घाटन गरेका छन् ।

पूर्वी पृतना हेडक्वाटर इटहरी तथा श्री नम्बर २ बाहिनी अड्डा हिलेको विशेष पहलमा नेपाली सेनाको शीघ्र प्रभावी योजना अन्तरगत निर्माण गरिएको प्रवशद्धार आज (सोमबार) पूर्वी पृतनापति उपरथी तामाङले उद्घाटन गरेका हुन् ।

भक्तपुरबाट कालिगढ झिकाएर पुरात्वातिक शैलीमा निर्माण भएको सो प्रवेशद्वारको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपरथी तामाङले ब्रककुण्ड पञ्चेश्वर मन्दिर परिसरमा निर्मित पुरातात्विक शैलीको मूल प्रवेशद्वारले मन्दिरको धार्मिक महत्व साथै गरिमा बढाउने बताए । कोशी प्रदेशका ६ जिल्लामा नेपाली सेनाले यस्तै प्रकारको काम गरिहरको समेत उनले बताए ।

प्रवेशद्वार उद्घाटन कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, जिल्ला प्रमुख अधिकारी थानेश्वर गौतम , श्री नं. २ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी महेशकुमार थापा, श्री भीमदल गण धनकुटाका गणपति प्रमुख सेनानी सुमन थापालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।