आगोको सेवा सलाम
यहाँका हावापानी माटोको अभिवादन !
तिम्रो बलिदानीमा चञ्चल चञ्चल भइरहेछ
बन्दुकको नाल, खुकुरीको धार
तिम्रो रगत सम्झिँदा थर्थर थर्थर काँपिरहेछ
हावामा लुङ्दार, विचारको हतियार
मुर्दा शान्तिमा तिमी हौ आँधीतुफान
सेवारो लाजेहाङ….
जति नै चलोस् यहाँ गुपचुप गुपचुप, चलि नै रहोस्,
षड्यन्त्र र झेल, शकुनीको खेल
पहिचानको लडाइँ, झन् झन्–झन् झन् बढीरहन्छ,
रोकिने छैन सृष्टि रहुन्जेल !
सिलाम् साक्माले सेवारो आत्मसम्मान !
सेवारो लाजेहाङ ….