विराटनगरमा खुला कराँते प्रतियोगिता हुँदै

विराटनगर । वैशाख अन्तिम साताबाट विराटनगरमा खुल्ला कराँते प्रतियोगिता हुने भएको छ । वैशाख २२ र २३ गते हुने उक्त प्रतियोगिता विराटनगरस्थित कभर्ड हलमा हुने भएको हो ।

विराट कराँते क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपालका ६ र भारतका तीन टिम सहभागी हुने सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । भारतको कोलकत्ता, दार्जिलिङ र खर्साङको सहभागी रहने विराट कराँते क्लबका अध्यक्ष विमल पोखरेलले जानकारी दिए ।
प्रतियोगितामा कोशी प्रदेशबाट सुनसरी, मोरङ, झापा, तेह्रथुम र आयोजक टिम सहभागी हुनेछ । यस्तै मधेश प्रदेशको सप्तरीको टिम पनि सहभागी हुनेछ ।

पाँच लाख ४५ हजार खर्च हुने उक्त प्रतियोगितामा करिब २ सय बढी खेलाडीहरुको सहभागिता रहनेछ । प्रतियोगितामा १९ स्वर्ण, १९ रजत र ३८ काश्य पदक बाँडिने छ भने प्रतिस्पर्धामा १९ तौल समूह रहनेछन् ।

मङ्गलबार, १९ बैशाख, २०८०, बिहानको ०७:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर