धरान उप–माहनगरपालिकामा यतिखेर गुँइठे (वडाध्यक्ष) र धक्कुले (नगर प्रमुख)बीच अपार भीडकासाथ दन्तबझान चलेको छ । धक्कुलेले गुँइठे बोलको गीतमा स्वर संगीत पनि भरिसकेका छन् । उनकै गायकीमा गीत बेजोड भाइरल पनि भैसकेको छ । तर यो गीतलाइ उनले गुँइठेहरुलार्इ मात्र एकहोरो सरापेकोले गुँइठेहरुको हुनसम्म मानमर्दन भएको छ ।
यसरी एकहोरो एकपक्षको मानमर्दन गरेर हुर्मत काड्नु शोभनीय लाग्दैन । यसर्थ यहाँ सन्तुलन मिलाउन गुँइठे र धक्कुले दुबैको दोहोरी सम्बाद गीती कथामार्फत गर्ने कोशीस गरिएको छ । यो गीती सम्बादमा गोपाल योञ्जन र ज्ञानु राणाले गाएको च्याङ्बा है च्याङ्बा सुनसुन है मैच्याङ् बोलको गीतलाइ रिमिक्स गरी गुँइठे र धक्कुले दुबैलार्इ बराबरी न्याय गरिएको छ ।
धक्कुले
गुँइठे है गुँइठे,
सुन सुन है गुँइठे
धक्कुलेले आज क्या भन्छ, धक्कुलेले आज
जाम पाइप तान्न जाम,
जाम गिट्टी कुट्न जाम
जाम जाम जाम
गुँइठे
धक्कुले होइ धक्कुले,
सुनसुन है धक्कुले
गुँइठेले आज क्या भन्छ
जान्न पाइप तान्न,
जान्न गिट्टी कुट्न जान्न
जान्न जान्न जान्न
धक्कुले
पानीमा रामरो कोकाको,
निसाने, सर्दू, खर्दूको
खोला ढुङ्गा बालुवा क्या भन्ने,
निकाल्न नपार रिसाको
चुनाउ खर्च नपार बैठकै बहिष्कार गर्दैछौं
तिमी र हामी मिले त, तिमी र हामी
धरानै धुइ दिँदा झन रामरो,
धरानै पखाल्दा झन रामरो
गुँइठे
धक्कुले होइ धक्कुले,
सुनसुन है धक्कुले
गुँइठेले आज क्या भन्छ
जान्न पाइप तान्न, जान्न गिट्टी कुट्न जान्न
जान्न जान्न जान्न
पारटीमा हामरो कुल देउता,
पैसा चैं हामरो लछिमी देउता
बल्लबल्ल सदसे जितेको म एउटा,
हावामा जितेको तँ एउटा
ज्यान गए तँलाइ छोड्दैनौ, ज्यान गए तँलाइ
पारटीको बचन तोड्दैनौ, पारटीको बचन
तँलाइ हामरो पारटीको, तँलाइ हामरो
जुवा नबोकाइ छोड्दैनौं
जुवा नबोकाइ छोड्दैनौ ।
– फेसबुकबाट साभार