एसीसी प्रिमियर कपमा नेपाल विजयी मलेसिया ६ विकेटले पराजित

काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत नेपालले पाहुना टोली मलेसियालाई हराएको छ । नेपालले पाहुना टोली मलेसियालाई ८२ बलअगावै ६ विकेटले पराजित गरेको हो ।

नेपाललाई सहज जीत दिलाउने क्रममा कुशल मल्ल र भीम सार्कीले अर्धशतकीय योगदान गरे ।

मल्लले ४० बलमा ५ चौका र ५ छक्काको मद्दतमा अविजित ७० तथा सार्कीले ५ चौकाको मद्दतमा ७१ रन जोडे । दीपेन्द्रसिंह ऐरी ५ रनमा नटआउट रहे ।

उनीहरूका अलावा कप्तान रोहित पौडेलले ४२ र कुशल भुर्तेल ३८ रनको पारी खेले ।

ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए ।

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन जोडेको थियो ।

मलेसियाका लागि कप्तान अहमद फैजले सर्वाधिक ७६ रनको पारी खेले ।

मलेसियालाई सम्मानजनक स्थितिसम्म लैजाने क्रममा विरेनद्वीप सिंहले ४६ रनको योगदान गरे ।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३, ललित राजवंशीले २ तथा गुल्सन झाले १ विकेट लिए ।

१० टीम सहभागी प्रतियोगितामा नेपाल समूह ए मा छ ।

यो प्रतियोगिताको फाइनल जित्ने टोलीले भारत र पाकिस्तानको समूहमा रहेर एसिया कप खेल्नेछ ।

मङ्गलबार, ०५ बैशाख, २०८०, साँझको ०५:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर