बैंकबाट ऋण लिएर तिर्दिनँ भनेर अराजक प्रवृत्तिलाई छुट दिन सकिँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको बताएका छन ।

सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्रीले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको बताएका समेत बताए ।

बजेट बनाउनुअघि निजी र सरकारी क्षेत्रका प्रतिनिधिहरूसँग बृहत छलफल गर्नेबारे पनि आफूले सोचिरहेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे।

अनुगमनलाई मात्रै कडाइ गर्दा पनि अर्थतन्त्रमा सुधार आउने भएकाले त्यतातिर जोड दिइने उनले उल्लेख गरे।

‘घरजग्गा कारोबारमा सहजीकरण नगरीकन तरलताको समस्या सम्बोधन गर्न सक्दैनौं। त्यसकारण यसमा पनि हामी छिटै निष्कर्षमा पुग्छौं,’ प्रधानमन्त्री प्रचण्डले भने,‘बैंकबाट ऋण लिने तर तिर्दिनँ भन्नेहरूलाई छोड्नु हुँदैन। त्यस्तो अराजक प्रवृत्तिलाई छुट दिन सकिँदैन। हुलहुज्जतको सहज सकिँदैन, त्यसमा सरकार कठोर हुन्छ।’

अर्थमन्त्री प्रकाशशरण महत, नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, गृहसचिव विनोदप्रकाश सिंह, अर्थसचिव तोयम राय लगायतक उपस्थित थिए ।

सोमबार, २७ चैत, २०७९, साँझको ०५:०४ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर