क्रिकेट खेलाडी राजवंशी र कँडेललाई सम्मान

विराटनगर । राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललितनारायण राजवंशी र दीपेश कँडेल सम्मानित भएका छन् ।

नेपाल खेलकुद महासंघ मोरङले सिनियर टोलीका खेलाडी राजवंशी र यु–१९ राष्ट्रिय टोलीका सदस्य कँडेललाई जनही नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।

महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले सम्मान पत्र प्रदान गरे ।

दुवै खेलाडी विराटनगरका हुन् । दीपेशले युएईको यु–१९ टोलीविरुद्ध ह्याट्रिक विकेट लिएर नेपाललाई यु–१९ विश्वकपमा छनोट गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

ललितले विश्वकप लिग–२ शृंखलामा उत्कृष्ट प्रदर्शन गरेका थिए । महासंघले ललितका बुबा–आमालाई पनि सम्मान गरेको छ । महासंघले नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन सिंहलाई पनि सम्मान गरेको छ ।

ललित र दीपेशलाई विराटनगर महानगरपालिका र कोशी प्रदेश सरकारले पनि सम्मान गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले जनही १ लाख ११ हजार र विराटनगर महानगरपालिकाले जनही एक लाख एक हजारसहित सम्मान गर्ने भएको छ

मङ्गलबार, ०७ चैत, २०७९, रातीको ०८:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर