विराटनगर । चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएसको प्रवेश परीक्षमा १८ हजार बढी विद्यार्थीलाई उछिन्दै विराटनगरस्थित शिक्षादीपक कलेजबाट प्लस २ सकेकी सुनसरीको हरिनगरा–४ की २० वर्षीया अदिती कुमारी जैन टपर भएकी छन् । कुल ६ हजार ६६९ विद्यार्थीले प्रवेश परीक्षा उत्तीर्ण गर्दा २ सय पूर्णाङ् कमा १७१.५ अंकसहित जैन सर्वोत्कृष्ट भएकी हुन् ।
आयोगले फागुन २४ गते लिएको प्रवेश परीक्षाको नतिजा बुधबार सार्वजनिक गरेको हो । छात्रातर्फ सबैभन्दा आफूले टप गरेको कुरा सञ्चार माध्यमबाट थाहा पाएकी उनी समग्रमा चौथो पोजिनसमा उनले नाम निकालेकी छन् । शिक्षादीपबाट विज्ञान संकायबाट ३.७९ जीपीए ल्याएर १२ कक्षा उत्तीर्ण गरेकी उनलाई स्कूलले बाबु अजयसँगै बिहीबार सम्मान गरेको छ । कार्यक्रममा अदितीका बुबा अजयले छोरीको मेहनतको कारणले सफलता मिलेको बताए । सुनसरीको ग्रामिण क्षेत्रमा सामान्य परिवारमा वि.सं. २०५९ साल असोज ९ गते जन्मिएकी अदितीका बुबा अजय हार्डवेयरको व्यापार गर्दै आएका छन् ।
किसान परिवारमा जन्मिएकी उनले गाउँकै सामुदायिक विद्यालय हरिनगरा माविबाट ३.७ जीपीए ल्याएर एसइईमा उत्तीर्ण भएकी थिइन् ।
चिकित्सक बन्ने बच्चैको सपना
सानैदेखिको चिकित्सक बन्ने सपना रहेको बताउने उनले १२ कक्षाको पढाइ नसक्दै चिकित्सा शिक्षा आयोगको पाठ्यक्रमलाई मध्यनजर गर्दै तयारी थालेकी थिइन् । एमबीबीएसको तयारीका लागि ५ घण्टासम्म दैनिक अध्ययन गर्ने उनले पढेको कुरालाई गहिरोसँग बुझेकोले सफदलता मिलेको बताइन् ।
। आफूले नजानेका कुराहरु वेबसाइटमा पनि हेर्थे, पढेको कुरा बुझियो भने मेडिकल इन्ट्रान्स केहि पनि होइन रहेछ’ उनले भनिन् । सफलता र असफलता एकै सिक्का दुई पाटा भएकाले नाम ननिस्कनेलाई हतास र निराश नहुन उनको सुझाव छ । एमबीबीएस मात्रै करिअर अवसर होइन्, अरु थुप्रै संभावना छन्,’ उनको सुझाव छ । एमबीबीएस नै गर्नुछ भने पनि एक वर्ष वा ६ महिनामा पुनः परीक्षा हुन्छ, राम्रो गर्नुहोस् । धेरै आत्तिनुपर्ने केही छैन् अझै मेहनत गर्नुहोस् ।’
कार्डियोलोजिष्ट बन्ने इच्छा
अदितीको टार्गेट एमबीबीएसको २ सय पूर्णाब्क नै ल्याउने थियो । त्यसैलाई अर्जुनदृष्टि बनाएर उनले आफूलाई तयार पारिन । ‘मेरो टार्गेट २ सयको थियो । छात्रवृति पाउँछु भन्ने ग्यारेन्टी नै गरेको थिएँ,’ उनले भनिन्, ‘त्यसमा सफल पनि भएँ ।’ अब उनी त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा एमबीबीएस पढ्नेछिन् । एमबीबीएस अध्ययनका लागि आईओएम रोज्नुको पनि उनको आफ्नै तर्क छ । किनकी यो पूरानो संस्था हो । बिरामीको फ्लो राम्रो हुन्छ,’ उनले भनिन्, ‘मैले त्यहाँ अवसर बढी पाउछुजस्तो लाग्छ । त्यो अवसर सदुपयोग गरेर राम्रो मुकाममा पुग्न चाहन्छु ।’
भविष्यमा अध्ययनबाहेक विदेश नजाने दृढसंकल्प अदितीमा मा छ । भन्छिन्, ‘म अवसर आएपनि नेपाल छाडेर जान्न । आफ्नै देशको चिकित्सा क्षेत्रले प्रेरणा दिएको हो । यसलाई नै सुधार गर्न म लाग्छु ।’
शिक्षादीपका प्रिन्सिपल ज्ञानबहादुर खड्काले वातावरण, शिक्षकहरुको डिभोसनलगायतका कारण शिक्षादीपले हरेक वर्ष उत्कृष्ट नतिजा हासिल गर्ने
गरेको बताउँछन् । ‘एमबीबीएको प्रवेश परीक्षामै शिक्षादीपमा अध्ययरत छात्राले देशभरीमा छात्रातर्फ टप गरिन्,’ उनले भने, ‘यसले शिक्षादीपलाई गौरव
गर्ने अवसर दिएको छ ।’ उनले अनुशासित, मेहनती र फरक गर्ने खुबी भएकै कारण अदितीकुमारी जैनले इन्ट्रान्स टप गरेको बताए ।
शिक्षादिपका अध्यक्ष तथा प्रदेश सांसद भिम पराजुलीले अनुशासित जैनको मेहनतको कारणले सफलता प्राप्त गरेको बताए । यसअघि पनि शिक्षादीप कलेजबाट अध्ययन गरेका थुप्रै विद्यार्थीहरुले एमबीबीएसको प्रवेश परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याएको सञ्चालक रामचन्द्र अधिकारीले बताए ।