

विराटनगर । साबिक विजेता प्रतिभा फुटबल क्लब गोल बजार सिराहा विराटनगरमा जारी तेस्रो संस्करणको मिल्स गोल्ड कपको सेमिफाइनलमा पुगेको छ ।
मिल्स गोल्ड कप फुटबल ट्रस्टको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा आइतबार भएको खेलमा द सेभेन यूथ क्लब धनकुटालाई २– १ गोलले हराउँदै सिराहा सेमिफाइनलमा पुगेको हो ।
जितको लागि सिराहा सिद्धार्थ लामा र विश्वास राईले गोल गरे । सान्त्वना गोल धनकुटाका सन्दीप लिम्बुले फर्काए ।
धनकुटाविरुद्ध सिराहाका खेलाडीले सुरुदेखि नै लगातार आक्रामक शैली अपनाए पनि पहिलो गोल गर्न २७ मिनेट कुर्नु¥यो । उद्धव घलेले निकालिएको क्रस पासलाई सिद्धार्थ लामाले गोल गरी सिराहालाई अग्रता दिलाए ।
केही आकर्षक र प्रतिस्पर्धात्मक देखिएको खेलको पहिलो हाफमा सिराहा अब्बल रह्यो । दोस्रो हाफदेखि धनकुटाले सुधारिएको खेल पस्कियो । ४२ औँ मिनेटमा धनकुटाका सन्दीप लिम्बुले गोल गरी खेल बराबरीमा ल्याएका थिए ।
सिद्धार्थ लामाले ५८ औँ मिनेटमा हानेको बल क्रसबारमा लागेर बाहिरिँदा धनकुटाको संकट टरेको थियो । ६० औँ मिनेटमा विश्वास राईको वान भर्सेस वानको प्रहार गरेको बल पोस्टमाथिबाट बाहिरिँदा धनकुटाले अग्रता दोब्बर पार्ने अवसर गुमाएको थियो ।
थप गरिएको इन्जुरी समयको दुई मिनेटमा सिराहाका विश्वसा राईले गोल गरी टिमको जित सुनिश्चित गरेका थिए । निर्णायक गोल गर्ने सिराहाका विश्वास राई म्यान अफ द म्याच घोषित भए ।
सोमबारको खेल आयोजक साइनो स्पोर्टस क्लब रानी विराटनगर र सहलेस युवा क्लब सिराहाबिच हुनेछ ।
Bye