काठमाडौं । सगरमाथा जलविद्युत आयोजनाले आयोजना प्रभावित बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीलाई माघ ५ गतेदेखि आइपीओ बिक्री खुलाउने भएको छ ।
इलामका स्थानीय र वैदेशिक रोजगारीमा जानेका लागि आइपीओ खुलाउने जनाइएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका बासिन्दालाई ११ लाख २० हजार कित्ता सेयर छुट्याएको छ। यस्तै, वैदेशिक रोजगारीमा गएकालाई कम्पनीले ४ लाख ३६ हजार ८०० कित्ता सेयर दिने भएको छ ।
आयोजना प्रभावित बासिन्दाले १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्वै भने देशिक रोजगारीमा गएकालाई भने ५० हजार कित्तासम्मको आवेदनको सिमा तोकीएको सगरमाथा जलविद्युत आयोजनाले जनाएको छ ।
प्रभावित क्षेत्रको आइपीओ माघ १९ गते सम्मका लागि मात्रै तोकीएको छ ।
पर्याप्त आवेदन नपरे फागुन ५ गतेसम्म लम्बिने जनाइएको छ । वैदेशिक रोजगारीको आरक्षित आइपीओमा आवेदन दिने अन्तिम मिति माघ १९ गतेलाई तोकीएको छ ।
कम्पनीले ईलाम जिल्लाको माई खोला नदीलाई स्रोत बनाएर सुपर माई ए जलविद्युत आयोजना निर्माण गर्दैछ। आयोजनाको उत्पादन क्षमता ९.६ मेगावाट हुने जनाएको छ।


