विराटनगर । काठमाडौं उपत्यकाबाहिर सबैभन्दा बढी घरजग्गा कारोबार प्रदेश १ का तिन जिल्ला रहेका छन ।
प्रदेश १ का झापा, मोरङ र सुनसरीमा कारोबार बढी हुने गरेको छ ।
काठमाडौं बाहिर बढी कारोबार हुने तराईका जिल्लामा बढी देखिएको छ। पहाडबाट तराईमा बसाइँसराइको प्रभाव यी जिल्लामा परेको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार देशभर २०७९ को माघमा १ लाख १८ हजार घरजग्गा कारोबार भएका छन्।
प्रदेश १ का ३ जिल्लाबाट मात्रै १२ हजार ३०६ वटा कारोबार भएका छन्।
चालू आर्थिक वर्षको सुरुमा सुस्ताएको घरजग्गा कारोबार माघसम्म आउँदा बढ्दै गएको छ। अघिल्ला वर्षको तुलनामा भने अझै कम छ।
२०७८ को माघमा १ लाख ३२ हजार कारोबार भएका थिए। २०७७ माघमा घरजग्गा कारोबार उच्च रहेको थियो। उक्त समय २ लाख ११ हजार वटा कारोबार भएका थिए।
झापाका २ वटा कार्यालयबाट ५ हजार ९५९ वटा कारोबार भएको देखिएको छ। जसमा भूमि सुधार तथा मालपोत कार्यालय भद्रपुर झापाबाट ३ हजार ८६१ कारोबार हुन्छ।
दमक कार्यालयबाट २ हजार ९८ वटा कारोबार भएको छ। आघिल्लो वर्ष माघमा ७ हजार ११८ वटा कारोबार भएका थिए। २०७७ माघमा झापाबाट १२ हजार ६९२ वटा कारोबार भएका छन्।
यस्तै मोरङबाट ६ हजार ९१२ वटा कारोबार भएका छन्। मालपोत कार्यालय बेलबारी मोरङले ३ हजार ८३३, विराटनगर कार्यालयबाट २८ सय ३३ वटा र रङगेली कार्यालयबाट ७०६ वटा कारोबार रहेको छ। अघिल्लो वर्ष ७ हजार ८१८ वटा कारोबार भएका छन्।
घरजग्गा कारोबार उच्च भएको समयमा १४ हजार १५८ वटा कारोबार भएका छन्।
सुनसरी जिल्लाबाट ४ हजार ८०० वटा कारोबार भएका छन्। भूमिसुधार तथा मालपोत कार्यलय इनरुवा ४ हजार १५, धरानबाट ७८५ कारोबार भएका छन्।
अघिल्लो वर्ष सुनसरीमा ६ हजार ४७८ वटा कारोबार भएका थिए। ९ हजार ९७८ वटा कारोबार भएका थिए।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।