लोड हुँदैछ...

मेनु

पाँच महिनामै कोसीको मेसु फेरियो, ११ औं तहलाई पाखा लगाउँदै जुनियर डा. सिंहलाई निमित्त मेसुको जिम्मेवारी

पाँच महिनामै कोसीको मेसु फेरियो, ११ औं तहलाई पाखा लगाउँदै जुनियर डा. सिंहलाई निमित्त मेसुको जिम्मेवारी

विराटनगर । पूर्वी नेपालको सबैभन्दा ठुलो सरकारी अस्पताल कोसीको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पाँच महिना पनि पुरा नुहदै राजनैतिक दबावको कारणले परिवर्तन भएको छ । आइतबार बसेको मन्त्री स्तरीय निर्णय गर्दै कोसी अस्पतालको निमित्त मेसुमा अस्पताल भित्रका जुनियर डाक्टर रविराज सिंहलाई तोकेको हो ।

अस्पतालको १० औँ तहको सर्जन डाक्टर सिंहलाई निमित्त मेसुको जिम्मेवारी दिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा। रोशन पोखरेलले जानकारी दिए ।

यसअघि अस्पतालका वरिष्ठ वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. लक्ष्मीनारायण यादव मेसुमा नियुक्त भएका थिए । उनी भदौ १६ गते कोसी अस्पतालको निमित्त मेसुमा नियुक्त भएका थिए । यसअघिका मेसु डा यादव अस्पतालको पुरानै जिम्मेवारीमा फर्केका छन् । उनी वरिष्ठ फिजिसियन डाक्टर हुन् ।

स्वास्थ्य तथा जनसख्या मन्त्री पदम गिरीले एमालेका स्थानीय नेताहरूको दबाबको कारणले जुनियर डाक्टरलाई मेसुमा नियुक्त गरेपछि अस्पताल भित्र विवाद सृजना भएको छ । कोसी अस्पतालमा ११ औँ तहको दरबन्दी गरेको छ । कोसी अस्पतालमा अहिले दुई जना ११ औँ तहका चिकित्सकहरू रहेका छन् । डा. दीपक सिग्देल र बाल रोग विशेषज्ञ डा. रामनारायण चौधरी ११ औ तहका चिकित्सक हुन् । ११ औँ तहको डाक्टर अस्पतालभित्रै हुँदा हुँदै पनि जुनियर डाक्टरलाई मेसुको जिम्मेवारी दिएपछि अस्पताल भित्र विवाद सृजना भएको हो ।

‘सिनियर र दरबन्दी अनुसारको चिकित्सक हुँदा हुँदै जुनियरबाट चिकित्सकबाट मेसुमा जिम्मेवारी तोकिएपछि भोलिको दिनमा अहिले मेसु नियुक्त भएका डाक्टरलाई ती सिनियर चिकित्सकले टेर्दैनन्,’ कोसी अस्पतालका वरिष्ठ एक चिकित्सकले भने, ‘कि त हस्पिटल भित्र भएका ११ औैै तहको चिकित्सकलाई मेसु बनाएर ल्याउनुपर्ने थियो । यदि हस्पिटल भित्रका सिनियर र ११ औँ तहको चिकित्सक नभए स्वास्थ्य मन्त्रालयले अन्यन्त्रबाट भए पनि ११ औ तहको चिकित्सक पढाउनुपर्ने थियो । त्यो सरासर राजनैतिक दबाबको कारणले नयाँ मेसु नियुक्त भएको छ ।’ यसरी सिनियर चिकित्सकलाई बाइपास गरेर जुनियरबाट मेसु नियुक्ति गर्दा हस्पिटलमा काम गर्न असहज भएको ती सिनियर चिकित्सकले बताए ।

‘प्रदेश १ को सबैभन्दा ठुलो सरकारी हस्पिटल सुधार गर्ने पक्षमा अहिलेका विकास समिति, स्वास्थ्य मन्त्रालय र मन्त्री पनि देखिएनन । यसअघि पनि १० औँ तहको चिकित्सक मेसुमा थिए । यसअघिका डाक्टर यादव हस्पिटल भित्र सिनियिर चिकित्सकको रूपमा कहलिएका थिए । त्यस बेला पनि उनलाई यहाँका अन्य चिकित्सक र कर्मचारीहरूले असहयोग गरेका थिए ।’

अहिले नियुक्त भएका जुनियर डाक्टर सिंहलाई सिनियर चिकित्सक, उनका समकालीन चिकित्सक र कर्मचारीहरूले पनि नटेर्ने बातवरण रहेको हस्पिटलमा कार्यरत चिकित्सकहरू बताउँछन् । ‘यदी कोशी अस्पतालको गुणस्तर सुधार गर्ने हो भने अन्यन्त्रबाट दरबन्दी अनुसारको ११ औं तहको चिकित्सकको खाँचो रहेको छ ।’

साढे ३ सय शय्याको कोशी अस्पतालमा दैनिक ओपीडिमा १ हजार देखि १ हजार पाँच सय विरामीले स्वास्थ्य उपचार गर्दछन् । यहाँ एक दर्जन बढी विभाग रहेको छ ।

2 प्रतिक्रियाहरू

2 प्रतिक्रियाहरू

गौतम बहादुर बुढा
February 16, 2023 10:38 AM

स्वास्थ्य जस्तो संबेदनसिल क्षेत्र मा राजनीति भन्ने कु बिचार प्रकट नगरौं

गौतम बहादुर बुढा
February 16, 2023 10:41 AM

किनकि पोखरा जस्तो विमान दुर्घटना भय झैँ अस्पतालमा पनि नहोस

प्रतिक्रियाहरू बन्द छन्।