मोरङमा फागुन ११ देखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने

विराटनगर । मोरङमा आगामी फागुन ११ गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने (एमडिए) अभियान सञ्चालन गरिने भएको छ ।

१५ दिनसम्म अभियान सञ्चालनका लागि स्वास्थ्य कार्यालय मोरङले आज जिल्ला स्तरिय योजना तर्जुमा गोष्ठि गरेको छ । १७ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, स्वास्थ्य संयोजकहरुको सहभागितामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाईने अभियानलाई टोलस्तसम्म पु¥याउने बारे छलफल भएको छ । कुल जनसंख्याको ८० प्रतिशत जनसंख्यालाई अभियानमा सहभागी गराउने लक्ष्यसहित अभियान सञ्चालन गरिन लागिएको हो ।

१५ दिने अभियानमा २ वर्षदेखि माथिका, कडा रोग लागेका र गर्भवती बाहेकका व्यक्तिहरुलाई अभियानमा औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए । अभियान अन्र्तगत अल्वेन्डाजोल, डाईइथाई, कर्माकाईजीन र आईभरमेक्टिन औषधि खुवाइने स्वास्थ्य कार्यालय मोरङका मलेरिया निरीक्षक राम लामाले बताए । उनले हात्तीपाइले रोगविरुद्धको आम औषधि खुवाउने (एमडिए) अभियानमा सहभागी हुन सवैलाई आग्रह गरे ।

 

बुधबार, १८ माघ, २०७९, साँझको ०७:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर