तामाङ समुदायले मनाए सोनाम ल्होसार पर्व

विराटनगर । तामाङ समुदायको २८५९ ‍औँ सोनाम ल्होसार पर्व आज उल्लासका साथ मनाइएको छ।

नेपाल तामाङ घेदुङ संघ नगर समिति विराटनगरले विभिन्न कार्यक्रम आयोजना गरी उल्लासका साथ मनाइएको छ ।

आफ्नो थातथलो छोडेर विराटनगर बसोवास गर्दै आएका तामाङ समुदायले वर्षौंदेखि विभिन्न कार्यक्रम आयोजना गरी सोनाम ल्होसार मनाउने गरेका छन् । घेदुङकी नगर अध्यक्ष विष्णुमाया पाख्रिनका अनुसार तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन यो पर्व मनाउँछन् । यो उनीहरुको नयाँ वर्ष हो ।

‘ल्होसार’ दुई शब्द मिलेर बनेको छ । जसको अर्थ ‘ल्हो’ अर्थात् वर्ष वा साल भन्ने हुन्छ भने ‘सार’ को अर्थ नयाँ भन्ने हुन्छ । यसैले ल्होसारको अर्थ नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ । ल्होसार मनाउने समुदायले यस्ता ‘ल्हो’ अर्थात् वर्ष बाह्रवटा भएको विश्वास गर्छन् । त्यसमा मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर र सुंगुर छन् ।

ल्होसारका १२ वटै वर्ष पशुपंक्षीका नामबाट गणना गरिएकाले यसलाई प्रकृतिपूजकका रूपमा समेत लिने गरिन्छ ।

आइतबार, ०८ माघ, २०७९, दिउँसोको ०४:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर