औषधी व्यवसायी संघको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगर १५ मिल्स एरियास्थित दुर्गा मन्दिरमा शनिवार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

शिविरमा १ सय जना बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको थियो । स्वास्थ्य जाँच गरिएको बिरामीहरूलाई निःशुल्क औषधी पनि वितरण गरिएको नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए ।

शिविरमा विराटनगरस्थित बाल बालिका क्लिनिकका वरिष्ठ बाल रोग विशेषज्ञ डा। राजेश यादव, वरिष्ठ फिजिसियन डा। रोशन खड्का र दन्त रोग विशेषज्ञ डा. सुधीर श्रेष्ठले बिरामीहरूको स्वास्थ्य जाँच गरेका थिए । सामाजिक उत्तरदायित्व अन्तर्गत विराटनगरको दक्षिण क्षेत्रमा पुगेर बिरामीहरूको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको उपाध्यक्ष ढकालले बताए । एनएमएचआर विराटनगरलगायत विभिन्न औषधी व्यवसायीहरूले शिविरमा औषधी सहयोग गरेका थिए ।

संघले यसअघि पनि सामाजिक संघसंस्थाहरूमा निःशुल्क स्वास्थ्य सामाग्री र सचेतना मूलक कार्यक्रमहरू पनि गर्दै आएको औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिनाले जानकारी दिए ।

शनिबार, ०७ माघ, २०७९, साँझको ०७:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर