लोड हुँदैछ...

मेनु

कोसी अस्पतालका डाक्टर आकाश यादवसहित तीन स्वास्थ्यकर्मीलाई काम गर्न रोक

कोसी अस्पतालका डाक्टर आकाश यादवसहित तीन स्वास्थ्यकर्मीलाई काम गर्न रोक

विराटनगर । विराटनगरस्थित कोसी अस्पतालको इमर्जेन्सीमा उपचार गर्न ल्याएको १८ दिने शिशुको सास नरहेको र धड्कन बन्द भएको भन्दै मृत घोषणा गर्ने मेडिकल अफिसर डाक्टर आकाश यादवसहित तीन जना स्वास्थ्यकर्मीलाई काम गर्न रोक लगाएको छ ।

अस्पतालले बिहीबार छानबिन समिति गठन गरेकोले अनुसन्धान नसकिँदासम्म डा. यादवसहित अहेब लक्ष्मण माझी र टिका भण्डारीलाई काममा रोक लगाएको हो । उनीहरूलाई स्पष्टीकरण पनि सोधिएको अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालले जानकारी दिए ।

अस्पतालका बाल रोग विशेषज्ञ डा. प्रवीण झाको नेतृत्वको तीन सदस्य समिति बिहीबार नै गठन भई छानबिन सुरु भएको छ । समितिमा अन्य दुई जनामा बाल रोग विशेषज्ञ डा। सूर्यकान्त चौधरी र एक जना प्रशासनका कर्मचारी रामप्रसाद नेपाल रहने गरी छानबिन समिति गठन भएको छ । छानबिन समितिले सात दिनभित्र घटनाको छानबिन गरी प्रतिवेदन बुझाउने सूचना अधिकारी नेपालले जानकारी दिए । छानबिनबाट चिकित्सक र स्वास्थ्यकर्मीको लापरबाही देखिए कारबाही गरिने उनले बताए ।

बुधवार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म डा. यादव र अहेब दोय माझी र अधिकारीको डियुटि रहेको थियो । बुधवार बिहान साढे ८ बजे मोरङको जहदा गाउँपालिका ३ का १८ दिने नवजात शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि पिता दिलीप मुखिया र आमा उमा मुखियाले कोशी अस्पताल लिएर आएका थिए । डाक्टर आकाश यादवले राम्रोसँग शिशुको उपचार नगरी मृत घोषणा गरेपछि बुधवार अस्पताल दिनभरि तनावग्रस्त बनेको थियो । चिकित्सकले मृत घोषणा गरेको शिशुको अहिले विराटनगरस्थित गोल्डेन अस्पतालको एन आइसियुमा राखेर उपचार भइरहेको छ ।

3 प्रतिक्रियाहरू

3 प्रतिक्रियाहरू

मनोज कुमार मण्डल
January 20, 2023 1:13 AM

पावर। को भरमा बसेकाडाक्टर हरुलाई केको डर हुन्छ

Bhagwati prasad chaudhary
January 21, 2023 8:53 AM

Dr भनेको बिरामीको देवता हो तर देवता जस्तो dr ले व्यवहार गर्नु पर्छ तर गरेन भन्ने स्वत खारेज गर्नु पर्यो फेरि यस्तो घटना गरिँदैन।
स्वास्थ्य मन्त्री ज्यु

Krishna Kumar Rajbanshi
January 22, 2023 1:14 PM

Dr. 2 khalko hunx (1) Bimariko upachar garne (2) Aafnai upachar garne lukera – yo lukera aafnai upachar garne Dr. Hola

प्रतिक्रियाहरू बन्द छन्।