कोशी अस्पताल अगाडीको सटरमा डोजर

भाडा बापतको ८४ लाख बढी बक्यौता उठान बाँकी 

विराटनगर । विराटनगरस्थित कोशी अस्पताल परिसर भित्र रहेको ७ वटा होटेलमा डोजर लगाएर खाली गराएको छ ।
वर्षौँदेखि भाडा नतिर बस्दै आएको ७ वटा सटर हस्पिटलले विराटनगर महानगरपालिकाको डोजर लगाएर बिहीबार खाली गराएको हो ।
तत्कालीन कोशी अस्पताल मेसु डा. यज्ञराज खरेलको पालामा भाडामा लगाएको सटर खाली गराउने निर्णय गरेको थियो ।  भदौ १४ गते अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराई को अध्यक्षमा बसेको बैठकले भदौ १५ गतेसम्म सटर भाडाको बाँकी बक्यौता उठाउने र सो नभए कार्तिक १५ गतेसम्म सटर खाली गराउने निर्णय गरेको थियो । हस्पिटलले सटर खाली गराउन दिएको दुई महिना समयपछि बिहीबार महानगरपालिको डोजर लगाएर भत्काएको हो ।
हस्पिटलले दिएको समय सीमा भित्र सटर खाली नगरेपछि डोजर लगाएर खाली गराएको कोशी अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीले जानकारी दिए । ‘हस्पिटलको सटर खाली गराउने ४ महिना अगाडी हामीले निर्णय गरिएको थियौ । यहाँ रहेको समान हटाउन हामीले पर्याप्त समय पनि दिएका थियौ । त्यही अनुसार अहिले आएर खाली गराएको हो,’ उनले भने, ‘खाली गराएको क्षेत्रमा अब हस्पिटलले वाल लगाएर व्यवस्थित गर्नेछ ।’
२०७५ भदौ १ गते अस्पतालसँग सम्झौता गरेर ११ जनाले हस्पिटलको सटर भाडामा लिएका थिए । २०७५ सालदेखिको ११ वटा सटरको ८४ लाख ४१ हजार ६४० रुपैयाँ भाडा उठ्न बाँकी रहेको अस्पतालको अभिलेखमा देखिन्छ । उनीहरूले पाँच वर्ष २०८० सम्मको सम्झौता गरेर मासिक १० देखि २५ हजार रुपैयाँसम्म भाडा तिर्ने सम्झौता पत्रमा उल्लेख ।
यसरी हस्पिटललाई भाडा दिनुपर्नेमा सबैभन्दा बढी बक्यौता शानुभाइ डङ्गोलको रहेको छ । डङ्गोलले हस्पिटललाई भाडा बापतको ९ लाख ८७ हजार १४० रहेको छ । यस्तै सरकलाल राजवंशीले ६ लाख ८२ हजार ६५६, छोटु मुखियाको २ लाख ३३ हजार ९६९, शान्ति लिम्बुको २ लाख ९९ हजार ८३०, दिपचन्द्र मण्डलको २ लाख ९९ हजार ८३०, दुर्गा देवी मण्डलको ७ लाख ९१ हजार ७९०, र डोमा मण्डलको २ लाख ७० हजार ४१५ रुपैयाँ भाडा बापको रकम हस्पिटललाई तिर्नु पर्ने अस्पतालले जनाएको छ । वर्षौँदेखि उनीहरूले भाडा नबुझाएको हस्पिटलको अभिलेखमा देखिन्छ । भाडा नबुझाउने ७ जनाको अहिले हस्पिटलले डोजर लगाएर खाली गराएको हो ।
यसरी समयमै हस्पिटलको सटर प्रयोग गरेर भाडा नबुझाउनेहरूमा सुवास कुमार राजवंशी, राजा धोबी, बसन्त राज गौतम, गगनदेवी सरदार रहेका छन् ।
सटर खाली गराएको ठाउँमा हस्पिटलले वाल लगाएर हस्पिटललाई व्यवस्थित गराउने तयारीमा लागि पर्ने कोशी अस्पतालका मेसु डा. लक्ष्मीनारायण यादवले बताए ।
बिहिबार, २१ पुष, २०७९, साँझको ०६:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर