डाक्टर दिपक सिग्देलसहित पाँच जना चिकित्सक ११ औं तहमा बढुवा

विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिनियरका आधारमा प्रमुख कन्सलटेन्ट जनरल फिजिसियन डा. दीपक सिग्देलसहित पाँच जनालाई ११ तह अर्थात सह सचिवमा बढुवा गर्ने भएको छ । ११ तहका चिकित्सक स्वास्थ्यका प्रमुख खम्बा हुन् ।

बढुवा सिफारिसमा पर्ने डा. सिग्देल विराटनगरस्थित कोशी हस्पिटलमा कार्यरत रहेका छन् । उनी चर्चित कन्सलटेन्ट जनरल फिजिसियन हुन् । कोशी अस्पतलामा मेसुमा ११ औं तहको चिकित्सकको दरबन्दी रहेको छ । अहिले १० औं तहको चिकित्सकले हस्पिटल चलाइरहेको छ ।

कोशीको निमित्त मेसुमा डा. लक्ष्मीनारयण यादव रहेका छन् । डा. सिग्देल ११ तहमा बढुवा भएसँगै कोशीमा अब ११ औ तहको दुई जना चिकित्सक रहेका छन् । यसअघि बालरोग विशेषज्ञ डा. रामनारयण चौधरी रहेका छन् । मन्त्रालयको बढुवा समितिले प्रमुख कन्सलटेन्ट सर्जन डा जनार्दन पन्थी, प्रमुख कन्सलटेन्ट अर्थोपेडिक सर्जन डा भरतबहादुर खत्री, प्रमुख कन्सलटेन्ट डा नविनप्रकाश साह , प्रमुख फरेन्सिक मेडिसिन अधिकृत डा बीरेन्द्रकुमार मन्डल पनि रहेका छन् ।

मङ्गलबार, १९ पुष, २०७९, दिउँसोको ०३:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर