विराटनगर । प्रदेश १ लोकसेवा आयोग विराटनगरले स्थानीय सरकारी सेवा अन्तर्गत स्वास्थ्य सेवाका लागि सहायकस्तर चौथो र पाँचौं तहका (प्राविधिक) ६०७ पदका लागि विज्ञापन आव्हान गरेको छ ।
गोरखापत्र राष्ट्रिय दैनिकमा आज सूचना जारी गर्दै हेल्थ असिस्टेन, स्टाफ नर्स, अहेब, अनमी, ल्याब असिस्टेनको माग गरेको हो । माग गरिएका पदहरुमा हेल्थ असिस्टेन पाँचौं तहको १७३ जना, पाँचौं तहकै स्टाफ नर्स ३० जना, अहेब चौथो तहका लागि २०२ जना, चौथो तहकै लागि अनमी १९५ जना र ल्याब असिस्टेन्ट चौथो तहका लागि ७ जनाको आवेदन माग गरेको हो ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।