प्रतिनिधिसभामा काँग्रेस, एमाले र माओवादीबाट परेका समानुपातिक सांसदको विवरण

काठमाडौं । राजनीतिक दलहरूले समानुपातिक तर्फको बन्दसूचीमा समावेश रहेका उम्मेदवारबाट सांसदहरु छनौट गरी निर्वाचन आयोगमा बुझाएका छन् । नेपाली कांग्रेसले ३२, एमालेले ३४, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले ५ गरी ११० सांसदको सूची बुझाएका हुन् ।

नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फका ३२ जना समानुपातिक सांसद चयन गरेको छ । शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले दिएको जिम्मेवारी अनुसार सभापति शेरबहादुर देउवाले समानुपातिक सांसदको टुङ्गो लगाएका हुन् ।
संघीय संसदमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व अनिवार्य भएकाले कांग्रेसले समानुपातिकबाट तीन जना पुरुषलाई मात्र सांसद बनाउने निर्णय गरेको छ भने २९ जना महिला छानिएका छन् ।

नेपाली कांग्रसले बुझाएका समानुपातिक तर्फका सांसदहरुको सूची यसप्रकार रहेको छ :

खसआर्य पुरुष तर्फ :
डा.प्रकाशशरण महत

मधेसी पुरुष :
विमलेन्द्र निधि

दलित पुरुष : जीवन परियार

खस–आर्य महिलातर्फ :
अम्बिका बस्नेत
सरिता प्रसाई
आरजु राणा देउवा
ईश्वरी न्यौपाने
प्रतिमा गौतम
मञ्जु खाँण
रमा कोइराला
कान्तिका सेजुवाल
मैना रावल कार्की

आदिवासी जनजाति महिलातर्फ :
सरस्वती बजिमय
लीलादेवी बाखिम (लिम्बू)
सीताकुमारी राना
सुशीला थिङ
सपना राजभण्डारी
माया राई
कुसुम थापा मगर
मनोरमा शेरचन
अञ्जनी श्रेष्ठ
रेनुका काउचा

मधेसी महिलातर्फ :
नगिना यादव
मुक्ताकुमारी यादव
चन्दा चौधरी
संगीता मण्डल

दलिततर्फ:
महासनाई नेपाली
शान्ति विक
रूपा विक
सीता मिजार
मुस्लिमतर्फ
जावेदा खातुन

थारुतर्फ:
कल्पना चौधरी
बिनाकुमारी थनेत

एमालेले २२ महिला र १२ पुरुष समानुपातिक सांसद छान्यो

नेकपा एमालेको बैठकले प्रतिनिधिसभा तर्फको ३४ समानुपातिक सांसदहरुको टुंगो लगाएको छ । शनिबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकले १२ पुरुष र २२ महिलासहित ३४ जना बन्दसूचीमा रहेका उम्मेदवारलाई समानुपातिक सांसदमा निर्वाचित गर्ने निर्णय गरेको बैठकपछि प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।

यी हुन एमालेले निर्वाचन आयोगमा सिफारिस गरेका ३४ सांसदहरु :

आदिवासी–जनजाति कोटातर्फ १४ जना :
देवीप्रसाद भट्टचन
हेमराज राई
कालुराम राई
नैनकला थापा मगर
सूर्यकुमारी श्रेष्ठ
उर्मिला थेवे
इश्वरी घर्ती
रणकुमारी बलम्पाकीमगर
शान्ति श्रेष्ठ
सरस्वती सुब्बा

खस आर्य पुरुषतर्फ ३ जना :
रघुजी पन्त
एकनाथ ढकाल
दयालबहादुर शाही

महिला कोटातर्फ ८ जना :
मेनुकाकुमारी पोखरेल
सरिता भुसाल
शोभा ज्ञवाली
बिजुला रायमाझी
निर्मला कोइराला
सम्झना थपलिया
दीपा शर्मा
सुनिता बराल

थारु कोटातर्फ २ जना :
आश्माकुमारी चौधरी
शान्ति चौधरी

दलित कोटातर्फ ५ जना :
ईश्वरबहादुर रिजाल
प्रभू हजारा पाशवान
चन्द्रबहादुर विश्वकर्मा
रुक्मिनी राना बराइली
हर्कमाया विश्वकर्मा

मधेशी कोटामा ५ जना :
गंगाप्रसाद यादव
अमृत राजवंशी
विना देवी
अमृतादेवी अग्रहरी
प्रतिक्षा तिवारी मुखिया

मुस्लिम कोटातर्फ १ जना :
सराज अहमद फारुकी

माओवादीले आयोगमा बुझायो १४ समानुपातिक सांसद : को को परे ?

माओवादी केन्द्रले समानुपातिक तर्फ प्रतिनिधि सभाका लागि १४ सांसदको विवरण निर्वाचन आयोगमा बुझाएको छ । माओवादीको आज बसेको बैठकले १४ सांसद मध्ये १२ महिला र २ पुरुष सांसद छानेको छ । माओवादीले निर्णय गरे अनुसार समानुपातिक समावेशी आधारमा छानेका सांसदहरुको सूची यसप्रकार रहेको छ ।

आदिवासी महिलातर्फ :
१ दुर्गा राई
२ मिना तामाङ
३ उर्मिला माझी पौडेल
४ छिरिङ ल्यामु लामा तामाङ

खस आर्य पुरुष तर्फ :
५ हितराज पाण्डे

खस आर्य महिला तर्फ :
६ ज्ञानु बस्नेत सुवेदी
७ विमला सुवेदी
८ नारायणी शर्मा

थारु महिला तर्फ :
९ रुपा सोसी चौधरी

दलित पुरुष तर्फ :
१० रणेन्द्र वराली

दलित महिला तर्फ :
११ सुशिला श्रीपाली ठकुरी

मधेशी महिला तर्फ :
१२ मिना यादव
१३ उमरावती देवी यादव

मुस्लिम महिला तर्फ :
१४ कल्पना मियाँ

शनिबार, २४ मंसिर, २०७९, साँझको ०७:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर