दुहबी । नेकपा एमालेका अध्यक्ष केपी ओलीले यसअघिका चुनावमा बाकस साटेर विजयकुमार गच्छदारले चुनाब जितेको आरोप लगाएका छन् ।
बुधबार सुनसरीको बुहवीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले सुरक्षाकर्मीसँगको मिलेमतोमा गच्छदारले बाकस साटेको दावी गरे ।
बाकस साटेर गच्छदारले चुनाव जितेको भएपनि यसपटक एक सेकेन्ड पनि बाकसलाई आफ्नो नजरबाट टाढा हुन नदिने उनको भनाइ थियो । सुरक्षाकर्मीकै सहयोगमा गच्छदारले चुनाव जित्ने गरेको जिकिर गर्दै ओलीले सुरक्षाकर्मीले पनि देशहितमा काम गर्नुपर्ने बताए ।
‘सुरक्षाकर्मी साथीहरु, तपाईहरुले देशको रक्षा गर्ने हो’, उनले भने, ‘मलाई भरोसा छ, तपाईहरुले कानुन अनुसारको आदेश मात्र पालना गर्नु हुनेछ, पहिलेजस्तो हुनेछैन ।’ गच्छदारले २०४८ देखि लगातार धाँधली गरेर सांसद बनेको आरोप लगाउँदै उनले अब त्यसरी चुनाव नजितिने चेतावनी दिए ।
विजयकुमार गच्छदारसँग यसपटक पनि एमालेबाट भगवती चौधरी उम्मेदवार बनेकी छन् । उनी यसअघिका दुई निर्वाचनमा गच्छदारसँग पराजित भएकी थिइन् ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।